व्याक्तिगत घटना दर्ताः एक संक्षिप्त जानकारी

जीवन कुवर
१ भाद्र २०७७, सोमबार ०९:३९

राज्यमा वसोवास गर्ने प्रत्येक व्याक्तिहरुको महत्वपुर्ण निजि व्याक्तिगत घटनाहरु जन्म , मृत्यु, वसाईसराई , सम्वन्ध विच्छेद , विवाह जस्ता घटनाहरुलाई अधिकारीक रुपमा अधिकारीक रुपमा रेकर्ड राख्नुलाई व्याक्तिगत घटना दर्ता भनिन्छ । यो स्थायी, अविछिन्न , तथा अनिवार्य कार्य हो । व्याक्तिगत घटना दर्ता गर्नु नागरिकको कर्तव्य र राज्यको दायित्व पनि हो । कुन कुन घटनालाई व्याक्तिगत घटनाको रुपमा लिने भन्ने विषय देशको आवश्यकता अनुसार फरक पर्ने देखिन्छ ।

नेपालमा यस सम्वन्धी कार्यको लागि जन्म , मृत्यु तथा अन्य व्याक्तिगत घटना (दर्ता गर्ने ) ऐन, २०३३ आएपछि २०३४ वैशाख १ गतेवाट १० जिल्लामा सुरु गरिएको थियो । जुन १७ चरणमा विस्तार गरिदै २०४७ वैशाख १ वाट नेपाल भर लागु भएको हो । सुरुमा गृह पञ्च्यात मन्त्रालय अन्तरगत रहि जिल्ला प्रशासन कार्यलय मार्फत गरिदै आएकोमा २०५० साउन देखि स्थानिय विकास मन्त्रालयको पञ्जिकरण शाखा वाट हुन थालेको हो । २०७५ असोजमा राष्टिय परिचय पत्र व्यवस्थापन केन्द्र र केन्द्रिय पञ्जिकरण विभागको एकिकरण भए पश्चात पुनः गृह मन्त्रालय अन्तरगत रहेको छ । भने व्याक्तिगत घटना दर्ता गर्ने कार्य सामान्यतया वडा पञ्जिकाधिकारी मार्फत सम्वन्धित स्थायी ठेगानाको वडा कार्यलय मार्फत हुने गर्दछ । नेपालले ग्ल्भ्क्ऋब्ए संग गरेको प्रतिवद्धता अनुसार सन २०२४ सम्ममा सम्पुर्ण नेपाली नागरिकको जन्मदर्ता शतप्रतिशत पुर्याउने लक्ष्य लिए अनुरुप स्थानिय तह मार्फत एम.आइर्.एस. अनलाइनमा आधारित कार्यक्रम सञ्चालन भैरहेको छ।

व्याक्तिगत घटना दर्ताको महत्व ः

व्याक्तिले राज्यवाट पाउने सेवा सुविधा र हक स्थापना गर्न , कानुन वमोजिम गर्ने व्यवहार स्थापित गर्नका लागि व्याक्तिगत घटनाको ठुलो भुमिका रहन्छ । यसको आधारमा यथार्थपरक नीति तथा कानुन निर्माण गर्न मदत गर्दछ । जनसांखिक वितरणको आधारमा विभिन्न आयोजना छनोट गर्न , योजना तर्जुमा गर्न , मुलुकको जानसाख्कि विवरण पत्ता लगाउन , व्याक्तिगत घटनाको अभिलेख राख्न यसले मदत गर्दछ । राज्यको अभिन्न तत्व जनसंख्या पनि हो ।

व्याक्तिगत घटना दर्तावाट जनसंख्याको विवरण पत्ता लगाउन पनि मदत गर्दछ । कनुनी रुपमा आवश्यक पर्ने कागजात उपलव्ध गराउन , सामाजिक सुरक्षाका कार्यक्रमलाई प्रभावकारी वनाउनको लागि , नागरिक र राज्य विचको सुमधुर सम्वन्ध स्थापित गर्नको लागि यसको ठुलो भुमिका रहन्छ । यसले व्याक्तिगत अधिकारको खोजि गर्न, सवैलाई कानुनको दायरमा वस्न , हुन सक्ने अपराधिक गतिविधि रोक्न तथा अपराधिक गतिविधिमा संलग्न व्याक्तिलाई पहिचान गरि सजायको भागिदार वनाउन पनि व्याक्तिगत घटनाले मदतगर्दछ । यसले अदालत लगायतका विभिन्न विवादित विषयको निर्णय गर्नको लागि प्रमाण कागाजातको रुपमा काम गर्दछ । यसको आधारमा राज्यले उपलल्ध गराउने सेवा सुविधा प्राप्त गर्न सहज हुने गर्दछ । विपतको समयमा उद्धार , राहत वितरणको कार्यमा यसले सरलता ल्याउदछ । यसले कुनै व्याक्तिको कानुनी अधिकारको श्रीजना गर्न मदत गर्दछ । नागरिकलाई अधिकार र कर्तव्य प्रति सचेत वनाउदछ । यसको आधारमा व्याक्तिको पहिचान स्थापित गर्न समेत मदत गर्दछ ।

व्याक्तिगत घटनाको सुचना दिने सम्वन्धमा गरिएको व्यवस्था ः
देहायको अवस्थामा देहायका व्याक्तिहरुले व्याक्तिगत घटना दर्ता गराउनको लागि त्यस्तो घटना घटेको ३५ दिन भित्र तोकिएको वमोजिमको फारम भरी स्थानिय पञ्जीकाधिकारीको कार्यालयमा सुचना दिनु पर्दछ ।

जन्मको सुचना वावु वा आमाले र निजहरुको अनुपस्थितिमा परिवारको १८ वर्ष उमेर पुगेको व्याक्तिले
मृत्युको सुचना वावु , आमा , पति , पत्नि , छोरा वा छोरीले र निजहरुको अनुपश्थितीमा परिवारको १८ वर्ष उमेर पुगेको व्याक्तिले
विवाहको सुचना पति पत्नि दुवैले
सम्वन्ध विच्छेदको सुचना सम्वन्ध विच्छेद भएको सम्वन्धित व्याक्ति मध्ये कुनै एकले ।
वसाईसराइको सुचना परिवारको १८ वर्ष पुगेको व्याक्तिले व्याक्तिगत घटना नेपालवाहिर घटेको भए ३५ दिन भित्र सुचना दिनु पर्ने कर्तव्य भएको व्याक्तिले सम्वन्धित नियोगमा वा नेपाल आएपछि ३५ दिन भित्र स्थानिय पञ्जिकाधिकारीको कार्यालयमा दिनु पर्दछ ।

सम्वन्ध विच्छेदको सुचना दिदा पतिको स्थायी ठेगाना भएको स्थानिय पञ्जिकाधिकारीको कार्यालयमा दिनु पर्दछ । यसको लागि पति वा पत्नी जो गएपनि हुन्छ तर अदालतले दिएको सम्वन्ध विच्छेदको निर्णय वा फैसला दिनुपर्दछ । नेपालमा रहेको कुनै विदेशिको घटना दर्ता गर्नु पर्ने भएमा तोकिए वमोजिमको प्रमाण सहित आफु वसोवास गरेको स्थानिय पञ्जिकाधिकारीको कार्यालय समक्ष सुचना दिनु पर्दछ । यस्तो गर्दा नेपालमा कुटनैतिक नियोगको सिफारिस समेत पेश गर्नुपर्दछ । प्रचलित कानुन वमोजिम स्वतः वदर हुने विवाह लगायतका व्याक्तिगत घटनाको दर्ता गर्न तथा प्रमाण पत्र दिनु हुदैन । सो वमोजिम कसैले दर्ता गर्न लिइ आएमा घटनाको छुट्टै अभिलेख राखि सो सम्वन्धमा प्रचलित कानुन वमोजिमको कारवाहि गर्न सम्वन्धित निकाय वा अधिकारी समक्ष लेखी पठाउनु पर्दछ । तर स्वतः वदर हुने विवाह वाट विवाहको परिणामवाट जन्मिएका शिसुको जन्म दर्ता गर्नु पर्ने विषयलाई प्रतिकुल असर पार्र्दैन ।

जन्मेको वच्चाको उमेर , नाम, थर वा अन्य विवरण १ पटक दर्ता भई दर्ताको प्रमाण पत्र प्रदान गरिएपछि सच्चाउन परेमा तयसको लागि सम्वन्धित व्याक्तिले त्यस्तो प्रमाण पत्र लिएको १ वर्ष भित्र स्थानिय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा दरखास्त दिनु पर्दछ । यसरी प्रदान गरिने प्रमाण पत्रमा जनाईने उमेर एकपटक भन्दा वढि सच्चाउन पाइने छैन । एक वर्ष काटिसकेपछि यस्तो विवरण सच्चाउनको लागि केन्द्रिय पञ्जिकाधिकारीको मा दरखास्त दिनु पर्दछ ।

यस्तो १ वर्ष पछि नाम सच्चाउने अधिकार केन्द्रिय पञ्जिकाधिकारीमा रहेकोमा हाल उक्त अधिकार स्थानिय तहको प्रमुख प्रशासकिय अधिकृतमा अधिकार प्रत्यायोजन गरिएको छ । एस.इ.ई. उत्र्रिण भएको अवस्थामा मात्र एस.इ.ई. को लव्धांक पत्र र विद्यालयले दिएको चारित्रीक प्रमाण पत्र को आधारमा जन्म मिति सच्चाउन सकिने व्यवस्था रहेको छ । एस.इ.ई.उत्र्रिण भएको ६ महिना भित्र जन्म दर्ता प्रमाणपत्रको आधारमा एस.इ.ई.वोर्डले शैक्षिक प्रमाण पत्र विवरण सच्चाईदिने व्यवस्था गरिएको छ ।

वावुको ठेगान नभएका वच्चाको जन्म दर्ता गर्न सुचना फारमको वावुको विवरणको महलमा वावुको ठेगाना व्यहोरा नलेखी आमा सुचक वनि जन्मको घटना दर्ता गर्न सकिन्छ । व्याक्तिगत घटना दर्ता गर्न मावली हजुर वुवा , हजुर आमा सुचक वन्न सक्दैनन् । पतिले विवाह दर्ता गर्न इन्कार गरेमा नाता कायम भएको प्रमाण पत्र वा नाता कायमवारे अदालतको फैसलाको आधारमा विवाह दर्ता गर्नु पर्दछ ।

वेपत्ता भएकमा नागरिकको विवाह दर्ता गर्न वेपत्ता भएको आधिकारिक प्रमाण , विवाहीत महिलाको सासु वा ससुरा वा देवर वा जेठाजु भएमा निजहरु मध्ये १ जना समेत कम्तिमा ५ जना भएको स्थलगत सर्जीमन मुचुल्काको आधारमा वेपत्ता भएका नागरिकको विवाह दर्ता गर्न सकिन्छ ।
लेखक भीमफेदी गाउँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुनुहुन्छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*