कैलाश–राक्सिराङ समृद्धिको खाकासहित मैदानमा बर्तौला

जनपत्र
५ फाल्गुन २०८२, मंगलवार ०७:२७

हेटौंडा । नेकपा एमाले मकवानपुरले निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत कैलाश गाउँपालिकाको अम्बाटारमा सोमबार एक भव्य चुनावी सभा सम्पन्न गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनको संघारमा एमाले उम्मेदवार महेश बर्तौला स्पष्ट भिजन र समृद्धिको क्रान्तिकारी खाकासहित जनताको घरदैलोमा पुग्नुभएको छ ।

सभाको मुख्य आकर्षण रहनुभएका उम्मेदवार बर्तौलाले आफू कुनै पर्यटकु उम्मेदवार नभई यहीँको माटो, धुलो र पानीमा हुर्किएको किसानको छोरा भएको बताउनुभयो । विपक्षी उम्मेदवारहरूको अपरिपक्वतामाथि कडा प्रहार गर्दै उहाँले भन्नुभयोस् ूकतिपय उम्मेदवारलाई मकवानपुर–२ का वडा र भूगोलको समेत सामान्य ज्ञान छैन, उनीहरू च्याटजिपिटीमा जवाफ खोजेर राजनीति गर्न खोज्दैछन् । म यहीँको भूगोलको रगत(पसिना र भावना बुझ्ने योद्धा हुँ, त्यसैले यहाँका जनताले मलाई पूर्ण विश्वासका साथ अनुमोदन गर्नुहुनेछ ।

बर्तौलाले आफू निर्वाचित भएपछि यस क्षेत्रको मुहार फेर्न कैलाश राक्सिराङ समृद्धि विशेष कार्यक्रमु मार्फत गरिबी निवारण र पूर्वाधार विकासका लागि विशेष पहल गर्ने ऐतिहासिक प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

एमालेकी केन्द्रीय सदस्य भारती पाठकले मकवानपुरको समग्र विकास र उज्ज्वल भविष्यका लागि महेश बर्तौलालाई जिताउनुको विकल्प नभएको दाबी गर्नुभयो । उहाँले बर्तौलालाई जनमुखी नेता रूपचन्द्र विष्टको असल अनुयायीु र स्वच्छ छविको बेदागु नेताको रूपमा चित्रण गर्नुभयो ।

त्यस्तै, एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले बर्तौला विकासको स्पष्ट मार्गचित्र भएको भिजनरीु नेता भएकाले यस क्षेत्रको कायापलट गर्न उहाँको जित अपरिहार्य रहेको बताउनुभयो । ३२ महिनाको संसदीय अनुभव र कानुनको गहिरो ज्ञान भएका बर्तौलाको पक्षमा देखिएको यो जनलहरले एमालेको जित सुनिश्चित गरेको नेताहरूको दाबी छ ।

नेकपा एमाले मकवानपुर २ का निर्वाचन फोकल पर्सन आशिष अस्लामीका अनुसार निर्वाचनको मिति नजिकिँदै गर्दा एमालेप्रतिको जनलहर ह्वात्तै बढेको र जनसहभागिताले एमालेको जित सुनिश्चित गरेको छ । अस्लामीले विभिन्न सञ्चारमाध्यमहरुलाई जानकारी दिँदै कानुन पढेको र संसदीय अभ्यासमा अनुभवी उम्मेदवार पाएकाले आम मतदाता उत्साहित रहेको बताउनुभयो ।

एमाले नेता नरेन्द्र रिजालले यो निर्वाचनलाई देश बनाउने राष्ट्रवादी शक्तिु र अस्थिरता निम्त्याउने शक्तिु बीचको वैचारिक युद्धको रूपमा परिभाषित गर्दै राष्ट्रवादी शक्तिलाई मतदान गर्न अपिल गर्नुभयो । चुनावी सभामा एमालेका स्थानीय तथा जिल्ला तहका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो, जसले अम्बाटारको माहोललाई थप उर्जावान बनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*