तातो पानीमा मिसाएर खाए मह विष, थाहा पाउनुहाेस् खाने तरिका

मह स्वास्थ्यको अमृत समान हाे । यसको सेवनले धेरै प्रकारका स्वास्थ्य समस्या निको हुन्छ । आयुर्वेदमा पनि यसको महत्व उल्लेख गरिएको छ । महको सेवनले सम्पूर्ण शरीरलाई फाइदा हुन्छ ।
आयुर्वेदमा मह
महलाई आयुर्वेदमा योगवाहि पनि भनिन्छ, जसले गहिरो तन्तुहरूमा प्रवेश गर्न सक्छ। यसमा धेरै प्रकारका औषधीय गुण पाइन्छ । जुन शरीरका लागि निकै फाइदाजनक हुन्छ ।
आयुर्वेदिक ऋषि चरकले पाँच हजार वर्षअघि महको गुणबारे चर्चा गरेका थिए । यसको प्रयोगबारे विस्तृतमा उनले लेखेका छन् । महलाई स्वास्थ्यका लागि धेरै तरिकाले अमृत मानिएको छ ।
मह प्रयोग नगर्ने तरिका
1. महलाई तातो खाना वा पानीमा मिसाएर कहिल्यै पनि सेवन गर्नु हुँदैन।
2. तातो वातावरणमा काम गर्ने मानिसहरूले मह खानु हुँदैन।
3. घ्यूमा वा तातो, मसलादार खानामा मह मिसाउनु हुँदैन।
4. महलाई ह्विस्की, रम, ब्रान्डी वा तोरीमा मिसाएर कहिले पनि सेवन गर्नु हुँदैन।
5. महलाई तातो पानीमा मिसाएर कहिल्यै पनि सेवन गर्नु हुँदैन। यसले धेरै गम्भीर परिणामहरू निम्त्याउन सक्छ।
मह खाने सही तरिका
१. तौल घटाउन चाहनुहुन्छ भने एक गिलास मनतातो पानीमा एक चम्चा मह मिसाएर सेवन गर्नुपर्छ।
2. चिसो, खोकी, साइनसाइटिस वा रोग प्रतिरोधात्मक क्षमता बढाउन मह, बेसार र कालो मिर्च एक/एक चम्चा मिसाएर सेवन गर्नुपर्छ। एजेन्सीबाट