देश र जनता पहिलो, पार्टी पछि मात्रै– राप्रपा उम्मेदवार दीपक बहादुर सिंह

जनपत्र
५ फाल्गुन २०८२, मंगलवार ०७:३९

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का उम्मेदवार दीपक बहादुर सिंहले आफ्नो राजनीतिक प्राथमिकता देश र जनता रहेको बताएका छन्।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ र ९ मा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सिंहले आफूका लागि सबैभन्दा पहिले राष्ट्र र जनताको हित रहेको स्पष्ट पारे। उनले भने, “मेरो लागि पहिलो देश र जनता हुन्, त्यसपछि मात्रै पार्टी आउँछ।”

सिंहले जनताको विश्वास जित्ने गरी इमानदार, उत्तरदायी र विकासमुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्षेत्रको समग्र विकासका लागि आफू दृढतापूर्वक अघि बढ्ने बताए।

कार्यक्रममा राप्रपा मकवानपुरका कार्यवाहक अध्यक्ष सागर थापा, केन्द्रीय महिला संगठन सचिव सरस्वती केसी थिङ, मकवानपुर जिल्ला उपाध्यक्ष अर्जुन गौतमलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको प्रचारप्रसार विभाग प्रमुख प्रकाश चौलागाईंले जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*