शिवपुरीबाबालाई फेरि सम्झिंदा

स्वामी आनन्द अरुण
११ माघ २०८२, शनिबार १९:२२

सन् १९२६ मा हिमालय पार गरेर तिब्बतबाट १ सय वर्षको उमेरमा परमात्माबोध भएका एक साधु नेपाल पसे । उनको भनाई थियो नेपाल तपोभूमि हो र यहा“ अनेक खोजीहरु संसारभरीबाट आइरहेका छन् र भविष्यमा पनि आउनेछन् । त्यी व्यक्ति शिवपुुरी डाडामा धेरै वर्ष तपस्यामा बसेको हुनाले उनलाई शिवपुरीबाबा भनेर बोलाउन थालियो । तर उहा“को वास्तविक संन्यास नाम भने गाविन्दानन्द भारती हो ।

जीवनको अन्तिम केही वर्ष पशुपति धु्रवस्थली वनमा उहा“ बस्नुभयो । म आÏनो बुबाआमास“ग १९५० देखि नै काठमाण्डौं बस्दै आइरहेको छु । बच्चा देखि नै ममा साधुसन्तप्रति आकर्षण थियो । तर त्यति बस्दा पनि मैले शिवपुराबाबाको बारेमा उहा“ शरीरमा हु“दा र शरीर छोडिसकेपछि पनि सन् १९७४ सम्म कुनै जानकारी पाईन । जब मैले आÏनो गुरु ओशोस“ग विधिवत् संन्यास दीक्षा प्राप्त गरें उहा“ले मलाई नेपाल गएर आश्रम चलाउने आज्ञा दिनुभयो । उहा“ले नै मलाई ‘पशुपति नजिक एयरपोर्टको कै छेउ सैन्य क्याम्पको क्षेत्र भित्र तारबारले घेरिएको शिवपुरीबाबाको समाधि मन्दीर छ र बेलाबेलामा त्यहा“ गइरहनु, तिमीलाई धेरै फाइदा हुन्छ’ भन्नुभयो । म १९७४ देखि आजसम्मका ४३ वर्षहरुमा त्यो मन्दीरमा बारम्बार गइरहेको छु । पहिला म त्यहा“ प्रत्येक हप्ता जाने गर्थें । तर तपोवन बनाइसकेपछि हामीले बाबाको सम्मानमा एक सानो स्मृति मन्दिर बनायौं । जहा“ म लगायत तपोवन आउने सबै मित्रहरु शिवपुरीबाबाको उपस्थितिको गहिरो अनुभूति गर्छन् ।

शिवपुरीबाबाले ख्याति र प्रसिद्धि कहिल्यै मन पराउनु भएन । गहिरो प्यास र मुमुक्षा नभएकाहरुलाई उहा“ भेट्न रुचाउनु हुन्थेन । यहा“सम्म उहा“ आङ्खनो तस्विर खिचाउन समेत मान्नुहुन्थेन । कसैले उहा“को अनुमति बिना तस्विर खिच्यो भने पनि त्यो क्यामेराको रिलमा देखिदैंनथ्यो । कसैलाई आÏनो तस्विर खिच्ने अनुमति दिनुभयो भनेपनि त्यो तस्विर ध्यान कक्ष बाहेक अरु कतै नराख्नु अरुलाई नदिनु, नदेखाउनु भन्नुहुन्थ्यो । उहा“ आङ्खनै आत्मआनन्दमा मग्न हुनुहुन्थ्यो ।

हरेक सन्त पुरुषको शैली फरकफरक हुन्छ । ओशो त्यसको ठिक विपरित हरेक पुस्तकमा आÏनो फोटोहरु राख्नुहुन्थ्यो । ‘जति मानिस कहा“ मेरो सन्देश पु¥याउन सक्छौ पु¥याऊ’ भनेर हामीलाई झक्झकाइ रहनुहुन्थ्यो । यसै कारण आज आÏनो उमेरका वावजुत पनि विश्वभरी उहा“ कै सन्देश लिएर म यात्रा गरिरहेको छु । सबै सन्त पुरुषहरु अनुपम हुन्छन् । एकको तौरतरिकाबाट अर्कोलाई बुझ्नै सकिदैन । बाहिरबाट हेर्दा उहा“हरुको कार्यशैली एकदमै विरोधाभासी देखिए पनि भित्र एक गहन अन्तर्सम्बन्ध हुन्छ । र, एक अर्काको कार्यमा उहा“हरुले गहिरो सहयोग गरिरहनु भएको हुन्छ भन्ने कुरा बिस्तारै मैले बुझ्दै आएको छु ।

शिवपुरीबाबास“ग मेरो गहिरो आत्मिय सम्बन्ध छ । विगत ४३ वर्षदेखि नै उहा“को शिक्षणलाई पढ्ने सुन्ने तथा अभ्यास र पालन गर्ने प्रयास गर्दैआएको छु । तपोवनको स्थापना देखि तपोवनको संचालनसम्म उहा“को सकृय योगदान छ त्यो म अनुभव गर्छु । मैले बुझेसम्म सबै बुद्धपुरुषहरुको एक सामुहिक प्रयास हुन्छ । उनीहरुको जीवन पद्धति, शिक्षण तथा देश, काल र परस्थिति अनुसार फरक फरक भएपनि सच्चा सद्गुरुले एक अर्कालाई सहयोग गर्छन् । जिसस, मोहम्मद, कृष्ण शिवपुरीबाबा, ओशोको मानिसको चेतनालाई रुपान्तरण गर्ने प्रयास एकै हुन्छ । साधनामा मैले यो गहिरो अनुभूति पाएको छु । उनीहरुका चेलाहरुमात्रै एक आपसमा लड्छन् । मुर्खतावश उनीहरुलाई लाग्छ कि मेरो गुरु ठूलो, मेरो गुरु राम्रो । तर सबै बुद्धपुरुषहरुको एक समग्र प्रयास छ । कसरी मानिसलाई सुखी बनाउने, कसरी मानिसलाई दुःखबाट मुक्त गर्ने ? संभावना भएका व्यक्तिहरुलाई कसरी स्वयम्को बोधमार्गमा प्रवेश गराउने । यो कार्यमा सबै गुरुहरु सम्मिलित हुन्छन् । तर उनीहरुलाई मान्ने चेलाहरु भने यो कुरा मान्दैनन् र यस्तो कुराको विरुद्धमा सधै लड्नै तयार हुन्छन् ।

शिवपुरीबाबालाई शरीर छोड्ने बेलामा सोधिएको थियो, – ‘तपार्इं हामीलाई छोडेर जादै हुनुहुन्छ अब हामीलाई कसले मार्गदर्शन दिन्छ ?’ शिवपुरीबाबाले भन्नुभयो, ‘अर्को सम्बुद्ध गुरुपनि आउन सक्छ ।’ उहा“को संकेत ओशोतिर पनि हुनसक्छ किनभने नेपालमा सबैभन्दा सशक्त रुपले ओशो दर्शनको फस्टाइरहेको छ । तिमीहरुलाई श्रद्धा छ भने म शरीर छोडिसकेपछि पनि स्वप्नमा आएर पनि तिमीलाई मार्गदर्शन गर्न सक्छु । जागृत अवस्थामा हाम्रो चेतन मन सकृय हुन्छ र विचारले भरिएको हुन्छ । त्यसकारण जब साधकको चेतन मन सुत्छ, सद्ग्रुलाई साधकको तुलनात्मक रुपमा निर्दोष अचेतन मनस“ग सम्वाद गर्न सजिलो हुन्छ ।’ हाम्रो संस्कृतिमा स्वप्नमा गुरुबाट पाईने मार्गदर्शनलाई स्वप्न आदेश कै रुपमा मान्ने प्रचलन छ । हाम्रो मान्यता छ उहा“को इच्छा बिना गुरु र ईश्वरलाई हामी स्वप्नमा बोलाउन सक्दैनौं । तर गुरु वा दैवी चेतनाले हामीमा त्यस्ता सन्देश सम्पे्रषण गर्न सक्छन् जसलाई भिजन भनिन्छ । यस्तै सन् १९७५ देखि आवश्यक परेको बेलामा मैले शिवपुरीबाबाको कृपाबाट उहा“को स्वप्न आदेशहरु निरन्तर प्राप्त गरिरहेको छु । हुनत मैले बाबाको सशरीर दर्शन गर्ने मौका त पाएको छैन ।

म दरबार स्कुलमा पढथें । पढाइमा मन लाग्दैनथ्यो । बेलाबेलामा पशुपतिको वनले तान्थ्यो । कहिलेकाही साथीस“ग, कहिलेकाही एक्लै म त्यहा“ पुग्थें । मलाई त्यो क्षेत्रले तान्थ्यो । त्यहा“ कुनै उपस्थितिले आफुलाई निरन्तर आर्कषण गरेको महशुस हुन्थ्यो । ३, ४ कक्षामा भएकोले मलाई त्यसको स्पष्ट बोध पनि भएन । त्यो वनमा म भित्र एक शान्ति छाएको आभाष हुन्थ्यो । गुरुहरुको दर्शन गर्न पनि एक सौभाग्यको घडी आउनु पर्छ । सच्चा सद्गुरुको दर्शनको लागि पुण्य चाहिदों रहेछ । शायद यही कारणले मैले उहा“को सशरीर दर्शन पाउन सकिन । तर ओशोबाट दीक्षा लिएपछि ओशोले नै शिवपुरीबाबाको समाधि दर्शन गर्न जाने प्रेरणा दिनुभयो । र, बाबास“ग एक आत्मिय सम्बन्ध जुड्यो, आर्शिवाद मिल्यो ।

सबै बुद्ध पुरुषहरु आफैमा विलक्षण हुन्छन् । एउटा बुद्ध पुरुषको मापदण्डबाट अर्को बुद्धपुरुषलाई नाप्न जानुभयो भने तपाईंले धोका खानुहुनेछ । बुझ्नै सक्नुहुन्न । यसैमा सबै गुरुका भ्रमित भइरहेको देखिन्छ । भक्तहरुमा आÏनो धर्मको लागि, गुरुको लागि, ग्रन्थको लागि, दर्शनको लागि लड्ने भिड्ने प्रवृति समझको कमी पनि बेहोसी कै अंश हो । ओशोले हामीलाई सबै गुरुहरुको धर्मको सार्वभौमिक सत्यलाई बुझ्ने समग्र र विशाल दृष्टि दिनुभयो । ओशोले परस्पर विरोधी विचारहरुलाई संश्लेषण गरी समस्वरतामा जिउने कला सिकाउनुभयो । ओशो भौतिक समृद्धिको पनि पक्षपाती हुनुहुन्थ्यो । उहा“ स्वयम्ले पनि सुविधापूर्ण जीवन जिउ“नुभयो र हामीलाई साधनाको लागि शरीरलाई कष्ट दिने, गलाउने स्वपीडक प्रवृतिलाई त्याग्न सिकाउनुभयो र सुख र सुविधापूर्ण माहोलमा अहोभावले कुनै मोह नराखी साधना गर्ने शिक्षण दिनुभयो । समस्या मनमा छ, शरीरलाई सताएर मन मर्दैन भन्दै मनलाई अनुशासित गर्ने कला सम्झाउनुहुन्थ्यो ।

अहिले शिवपुरीबाबालाई शरीरमै दर्शन पाउने व्यक्तिहरु धेरै कम जीवित छन् । तर उहा“को उपेदशमा जिउने व्यक्तिहरुको संख्या काठमाण्डौंमा बढ्दो छ । बाबाको समाधिमा गएर ध्यान गर्ने साधकहरुको संख्या पनि राम्रै छ । आदरर्णिय रेणुलालजी र ठाकुरलाल मानन्धरले गर्दा शिवपुरीबाबाका शिष्यहरु पनि बारम्बार ओशो आशीष आश्रममा आउ“थे । रेणुलालजी र ठाकुरलालजी पनि शिवपुरीबाबा कै स्वप्न आदेश कै कारणले तहाचलमा अवस्थित ओशो आश्रममा बराबर आउनुहुन्थ्यो । उहा“हरु ओशोलाई सुन्नु हुन्थ्यो, पढ्नु हुन्थ्यो र प्रेम गर्नु हुन्थ्यो । तर उहा“हरु ओशोलाई दर्शन जानुभएन । म वर्षमा ४, ५ चोटि पूना ओशोको दर्शनको लागि जान्थे र उहा“हरुलाई पनि स“गै जाने निमन्त्रण दिन्थें । तर उहा“मा त्यो संयोग जुटेन । ओशो काठमाण्डौंमा आएको बेला पनि त्यसो हुन सकेन । आङ्खनो गुरु हु“दाहु“दै अरुकहा“ किन जाने भन्ने तर्क उहा“हरुको थियो । मैले ओशोलाई ‘तपाईंलाई काठमाण्डौंमा प्रेम गर्ने शिवपुरी भक्तहरु छन् । उहा“हरु तपाईं कहा“ आउनुभयो भने आङ्खनो गुरुप्रति अवज्ञा गरेको हुन्छ भन्ने ठान्नुहुन्छ । के यो सत्य हो ?’ भनेर सोधेको थिए“ । ओशोले आङ्खनो प्रवचनमा भन्नुभयो, ‘उनीहरुलाई भन्देऊ कि आङ्खनो प्रार्थनामा आङ्खनै गुरुलाई सोधेहुन्छ । हाम्रो एउटै काम हो यदि उनीहरु यहा“ आउदैनन् भने त्यो उनीहरुको आङ्खनै गुरुको अवज्ञा हुन्छ । त्यो क्यासेट मैले शिवपुरीबाबाका सबै भक्तहरुलाई सुनाए“ । त्यस प्रवचनमा शिवपुरीबाबाको प्रशंसा गरेको कुरा सबैले रुचाए तर ओशोको दर्शन गर्ने कुरा उहा“हरुले पचाउन सक्नुभएन् । त्यसमा म कसैको दोष पनि देख्दिन । नांगो सत्यलाई सुन्नलाई नै धेरै साहास चाहिन्छ त्यसलाई मान्न र पालन गर्न त लगभग असंभवै हुन्छ ।

शिवपुरीबाबाको जीवनमा अनेक विलक्षण घटनाहरु छन् । त्यस मध्ये दुई घटनाहरु यहा“ पाठकहरुलाई वर्णन गर्न चाहान्छु । बाबा माथि शिवपुरी डाडामा बस्नुहुन्थ्यो । सन्ध्याकालमा एक योगी आश्रमको गेटमा अचानक देखिन्थे । माधव बाजे बाबाका सेवक हुनुहुन्थ्यो । उहा“लाई आश्चर्य लाग्थ्यो । अरुलाई समय नदिने बाबाले यी जोगीलाई किन रातभरी समय दिएको होला । रात भरीको बाबास“गको वार्तालाभपछि बिहानी प्रहरमा उनी कतै लाग्थे । यो व्रmम धेरै दिनसम्म चल्यो । एक दिन माधव बाजेलाई बोलाएर शिवपुरीबाबाले आज्ञा दिनभयो, ‘यी योगीलाई तलसम्म पु¥याएर आऊ ।’ माधव बाजेलाई आश्चर्य लाग्यो । बाबाबाट यस्तो आज्ञा सामान्यतः हु“दैन्थ्यो । ती योगी र माधव बाजे कुरा गर्दै तल झरे । वार्तालाप कै व्रmममा जोगीले माधव बाजेलाई भन्नुभयो, ‘तपाई खुब भाग्यमानी हुनुहुन्छ । यस्तो परमात्मा साक्षात्कार गरेको व्यक्ति संसारमा विरलै हुन्छन् । तपाईं त्यस्तो व्यक्तिको सत्संगमा बसिरहनुभएको छ । तपाईं धेरै भाग्यशाली हुनुहुन्छ ।’ उनले अघाडि भने, ‘म बारम्बार उहा“स“ग शिक्षण लिन आउ“थे । अब मेरो शिक्षण पुरा भयो । म उहा“ले सिकाएको बाटोमा लागेर मोक्ष प्राप्त गर्छु । हाम्रो यो अन्तिम भेट हो । त्यसकारण तपाईंलाई पनि धन्यवाद छ ।’ यसरी डाडा“बाट स“गै तल झर्दै उहा“हरु बुढानिलकण्ठ पुगे । माधव बाजे बोल्दै हुनुहुन्थ्यो तर पछाडि फर्केर हेर्दा ती जोगी अलोप भइसकेका रहेछन् ।

माधव बाजेलाई आश्चर्य लाग्यो – जोगी कता विलिन भए ? माधवबाजे फर्केर माथि पुग्नुभयो र सबै वृत्तान्त शिवपुरीबाबालाई सुनाउनुभयो । बाबाले भन्नुभयो, ‘तिमी भाग्यशाली छौ । ती ऋषि सामान्य व्यक्ति होइनन् । ती साक्षात् विश्वामित्र हुनुहुन्थ्यो ।’ माधवबाजेको आश्चर्यको सीमै रहेन । विश्वामित्र अहिलेसम्म शरिरमा ? रामको गुरु अहिलेसम्म शरिरमा ? अनि बाबाले भन्नुभयो, ‘हो अहिलेसम्म शरिरमा । उहा“ले ठिक गुरु पाउन भएन । सही मार्गदर्शन पाउनुभएन । सिद्धीहरुका पछाडि लाग्नुभयो । आङ्खनो शिष्य त्रिशंकुको लागि उहा“ आङ्खनो तपोवलबाट अर्को स्वर्गलोक कै निर्माण गर्नुभयो । यस्तो शक्ति साधकमा आउन सक्छ तर यसको प्रयोग र प्रदर्शन गर्नुहु“दैन । यस्तो प्रयोगले यति लामो समय बितिसक्दा पनि अहिलेसम्म पनि मुक्ति पाउन सक्नुभएन । यही शरीर मै भटकिरहे । उनले म यहा“ भएको थाहा पाएछन् । महिना भरी उनी यहा“ आए र मैले उनलाई शिक्षण दिए“ । अब उहा“ ब्रह्मनिष्ठ हुनुहुन्छ, अब मुक्ति प्राप्त गर्नुहुन्छ । जोगीलाई शहर बजार र भिड मन पर्दैन त्यसकारण बुढानिलकण्ठ पुगेपछि उहा“ लुप्त हुनुभयो ।’ यस्ता घटनामा विश्वास गर्न पनि गा¥हो हुन्छ । तर परमात्मा साक्षात्कार व्यक्तिको आसपास यस्तो घटना घटिरहेको हुन्छ । ओशोको आसपासपनि यस्ता घटनाहरु घटिरहन्थे । त्यसको वर्णन म अरु कुनै लेखमा गरौंला ।

शिवपुरीबाबाका निकटतम शिष्य रेणुलाल र सेवक माधव बाजेस“ग मेरो अन्तरंग सम्बन्ध थियो । म उहा“हरुप्रति कृतज्ञ र ऋणि छु । उहा“हरुले मलाई असीम माया गर्नुभयो । उहा“हरुले बताउनुहुन्थ्यो कि एक तीस वर्ष उमेर लाग्ने एक तजस्वी युवक बाबालाई भेट्न आउ“थे । उनी एकाबिहानै कतै गायव हुन्थे र बेलुका देखा पर्थे । बाबा उनीस“ग एक्लै रातभरी कुरा गर्नुहुन्थ्यो । यो व्रmम एक हप्तासम्म चल्यो । तर अन्तिम रात उनी आ“खा भरी आसु लिएर भावविभोर भई ती जोगीले जाने बेलामा माधव बाजेलाई भने, ‘अब यस आश्रममा यो मेरो अन्तिम रात्रि हो । साधनाको लागि गढवाल हिमालय जादैछु । हरिद्वार पुगेर म तपाईंलाई एक पोष्टकार्ड लेख्ने छु । बाबालाई मेरो नमन सुनाईदिनु होला तर जवाफ नपठाउनुहोला किनभने म हिमालयमा तपस्यारत भइसकेको हुनेछु । साच्चै नै एक महिना पछि हरिद्वारबाट एक पोष्टकार्ड आयो । माधजबाजेले बाबालाई त्यो देखाउनुभयो । बाबा खाली मुस्काउनु भयो ।

ती व्यक्ति ह“सिलो र खुल्ला मिजासका थिए । मैले उनी कुन कारणले बाबालाई भेट्न आएको भनेर सोध्दा उनीले पहिला त केही बताउन चाहेनन् । तर फेरि कुराकानी बढ्दै गयो र उनले भने, ‘हेर तिमी यस्तो महान आत्माको सेवामा समर्पित छौ यो ठूलो सौभाग्य हो । म धेरै पुरानो साधु हु“ । तर तिमीलाई बुझ्न कठिन लाग्ला लामो समयसम्म बाच्नु पनि ठिक होइन । भगवत्साक्षात्कार भन्दा अरु रुप, धन, इज्जत, आयु जे भएपनि त्यसको कुनै महत्व छैन । मैले सच्चा गुरु पाउन सकिन । मैले जुन गुरु भेट्टाए“ उनले मलाई दीर्घायु प्राप्त गर्ने गुह्य विद्या सिकाए, अज्ञानवश त्यो सिद्धीलाई मैले त्यसबेला सहर्ष स्वीकार गरें । तिमीले मेरो युवा शरीर देखेपनि म हजार वर्षदेखि यही शरीरमा छु । म शरिरबाट मुक्त हुन चाहान्छु । गुरुले भन्नुभएको थियो – ‘यदि तिमीले शरीरबाट मुक्ति पाउनु छ भने यो विद्या कुनै योग्य व्यक्तिलाई दिएपछि मात्र तिमी शरीरबाट मुक्त हुन सक्छौ । मैले लामो जीवन जिए“ तर म थाकिसकेको छु । म यसबाट मुक्ति पाउन चाहान्छु र निर्वाण प्राप्त गर्न चाहान्छु । मैले एक दिन ध्यानमा बाबालाई देखें र बाबाले मलाई यो दुःखबाट मुक्त गराइदिनुहुन्छ भन्ने ठूलो आशाले म यहा“ आए“ र यो विद्या बाबालाई दिन खोज्दा बाबाले लिन अस्वीकार गरिदिनुभयो । यस्ता सिद्धीहरु भगवत् साक्षात्कारको मार्गमा ठूलो बाधा हुन्छन्’ भन्नुभयो । ‘मैले उहा“बाट अब उचित शिक्षा लिए“ । यो संसारमा मुक्ति बाहेक जस्तोसुकै सिद्धी, समृद्धि र सम्मानले चिजले दुःखै ल्याउदो रहेछ ।’

जसरी फासी चढाउन लागेको व्यक्तिको मिठो खाने र मिठो लाउने अन्तिम इच्छा पुरा गरिन्छ । त्यस्तै यो संसारमा पनि मानिसहरु फासी नै चढन गइरहेको छन् । काम, महत्वकाक्षा, धन, मान जस्ता कुराहरु मानिस फासी लाग्नुभन्दा अघिका अन्तिम भोजन जस्तै हुन् । बाबाले भन्नुभयो, – ‘यो संसारमा आत्मबोध सिवाय अरु केही चिज पाउन योग्य छैन । सानासाना यस्ता प्रलोभनमा नफस्न संझाउ“दै साधनामा लाग्ने सल्लाह दिनुभयो र विश्वास दिलाउनुभयो कि यो विद्या लिन उचित समय, उचित स्थानमा उचित व्यक्ति आफै आइपुग्छ भन्नुभयो । बाबाको सत्संगबाट मैले के गर्नुपर्छ भन्ने बल्ल बुझें ।’ ओशोले भन्नुभएको छ –‘बाहिरबाट जे पनि प्राप्त हुन्छ अनन्तः त्यो सबै दुःख मै परिणत हुन्छ । सच्चा सुख आफै भित्र छ, र स्वयम् भित्र नगई त्यो प्राप्त हु“दैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*