गाँजा तस्करीको शैलि परिवर्तन, प्रहरीभन्दा तस्कर एक कदम अगाडी

जनपत्र
२१ चैत्र २०७५, बिहीबार १०:१९

हेटौंडा / मकवानपुर प्रहरीले ठुलो परिणामको गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । लागूऔषध गाँजा २ सय १२ केजी, गाँजा बोक्न प्रयोग गरिएको पिकअप गाडी र दुईजनालाई पक्राउ गरेको हो । आज बिहान प्रहरीले पत्रकार सम्मेलनगरि बरामद गरिएको गाँजा, गाडी र पक्राउ परेकालाई सार्बजनिक गरेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ तीनताप्केबाट गाँजा, ना ३ च ३७९६ नम्बरको पिकअप गाडी सहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिङले बताउनुभयो । गाँजा सहित गाडीका चालक महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ११ बस्ने ३६ बर्षिय रामजस यादब र सोही स्थानका १९ बर्षिय उज्वल गुर्मछाने मगरलाई पक्राउ गरिएको एसपी सिङले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पबनकुमार झाको नेतृत्वको टोलिले सुराकीका आधारमा मनहरीबाट हेटौंडा बजार तर्फ आउँदै गरेको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्नेक्रममा जाँजा फेला पारेको हो । गाडीमा ३० वटा पोकामा मेसिनले च्यापेको तयारी गाँजा फेला पारिएको प्रहरीले जनाएको छ । गाडीको पछाडीको ढालामा त्रिपाल राखेर त्रिर्पालभित्र प्लाष्टिकमा बेरेको अबस्थामा गाँजा राखिएको थियो । पक्राउ परेका दुबैजनालाई प्रहरीले लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अदालतमा मुद्धा दायर गरेको छ ।

यसैबिच पछील्लो समयमा गाँजा तस्करहरुले गाँजा बोक्दाको सैलि परिवर्तन गर्दै आएका छन् । पहिले भरीयाबाट गाँजा बोकिन्थ्यो । तर पछील्ला बर्षहरुमा सवारीको साधनबाटनै गाँजा भारत निकासी हुने गरेको छ । तर गाँजा तस्करहरुले गाँजा बोक्ने शैलि परिवर्तन गर्दै प्रहरीभन्दा एक कदम अगाढी पुगेका छन् । कुनैपनि ट्रक, जिप वा कारमा फल्श बटम बनाएर गाँजा निकासी गर्दै आएका गाँजा तस्करहरुले यो पटक मकवानपुरको बिकट राक्सीराङ गाउँपालिकाबाट गाँजा ल्याउँदा त्रिपालमाथी त्रिर्पालले छोपेर गाँजा ल्याएका छन् । प्रहरीले त्यसै पनि सुराकी पाएकाले २ सय १२ केजी गाँजा बरामद गर्न सफल भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*