मकवानपुरमा १ हजार ८६० जना निर्वाचन प्रहरी भर्ना गरिदै

जनपत्र
२४ पुष २०८२, बिहीबार १०:१२

हेटौंडा । सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो ।
मकवानपुर जिल्लामा निर्वाचनका लागि एक हजार ८६० जना निर्वाचन प्रहरी आवस्यक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए ।

आवस्यक निर्वाचन प्रहरीका लागि यही पुस २५ गतेबाट आवेदन लिइने उनले बताए । भर्नाका लागि माघ १ गतेसम्म दर्खास्त दिन सकिनेछ । बिदाको दिन पनि दर्खास्त लिइने सूचनामा उल्लेख छ ।

निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी एवं पूर्ववन रक्षक, पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

यसका साथै, यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रुपमा भर्ना भई सन्तोषजनक रुपमा काम गरेका व्यक्ति र विदेशी राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकले पनि प्राथमिकता पाउनेछन् । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै नोपल भरीमा एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*