ए डिभिजन लिग : मनाङ र संकटाको खेल रोमाञ्चक बराबरीमा सकियो

जनपत्र
१८ मंसिर २०७८, शनिबार १६:३८

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आजको पहिलो खेलमा संकटा क्लब मनाङ मर्स्याङ्दी क्लबले २–२ गोलको बराबरी खेलेका छन् ।

हारतर्फ गएको मनाङको लागि इन्जुरी समयको अन्तिम मिनेटमा फ्रान्कलिन क्वेटाले गोल गरेपछि खेल रोमाञ्चक बराबरीमा सकियो । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा पहिलो हाफको ३१ औं मिनेटमा निरज बस्नेतले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए तर ३५ औं मिनेटमा मनाङका दयानन्द सिंहले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा उत्तम राईले गोल गरेर संकटालाई जिततर्फ लगेका थिए तर थपिएको समयको अन्तिम मिनेटमा फ्रान्कलिनले गोल गरेर खेल बराबरीमा ल्याए । बराबरीपछि मनाङ सात अंकसहित दोस्रो स्थानमा यथावत छ । मनाङ र सातदोबाटोको समान ७/७ अंक रहे पनि गोल अन्तरका आधारमा सातदोबाटो शीर्ष स्थानमा छ । संकटा भने पाँच अंकसहित तेस्रो स्थानमा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*