हेटौंडामा ११ औं राष्ट्रिय स्क्राबल प्रतियोगिता सुरु, मन्त्री केसीद्वारा उद्घाटन्

जनपत्र
२० मंसिर २०८२, शुक्रबार १८:४१

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको बालजागृती इङ्लिस सेकेण्डरी स्कुलको आयोजनामा हेटौंडामा ११ औं राष्ट्रिय स्क्राबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला केसीले उद्घाटन् गरिन । बालजागृति बोडिङमा सुरु भएको प्रतियोगिता भोली सम्म सञ्चालन हुने छ ।

कार्यक्रममा बोल्दै मन्त्री केसीले यस्ता प्रतियोगिताले बालबालिकाहरुमा क्षमताको विकास हुने बताइन । दुइ दिन सम्मको प्रतियोगितामा देशका बिभीन्न जिल्लाका करिब १ सय जना प्रतियोगिहरुका विचमा प्रतिस्पर्धा हुँदै छ । बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा स्कुलअफ म्यानेजमेन्टका प्रमुख पुरन बहादुर जोशी लगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुलाई बिद्यालयका प्रिन्शिपल विनोद सुवेदीले स्वागत गर्दै यस खेलकुदको उदेस्यका बारेमा प्रश्ट पारेका थिए । दुइ दिने कार्यक्रममा १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको सुवेदीले बताए । प्रतियोगितामा प्रथम हुनेले १५ हजार, शिल्ड, प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी द्धितिय हुनेले १३ हजार शिल्ड, प्रमाणपत्र प्राप्त गर्ने छन् । तृतिय हुनेले ११ हजार शिल्ड, प्रमाणपत्र प्राप्त गर्ने छन् ।

साथै चौथो, पाचौं, छैटौं र सातौंलाई क्रमशः ९,७,५ र ३ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । साथै आठौं, नवौं, दशौ र हुनेलाइ ३ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ भने, एघारौं देखि पच्चीसौं हुनेलाइ २ हजार नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितामा मकवानपुर, चितवन, काठमाडौँ, भक्तपुर, गोरखा, स्याङ्जा, रुपन्देहि, गुल्मी, सुर्खेत, सुनसरी, बारा, अर्घखाँची, कैलाली लगायतका २५ बढी जिल्लाहरुबाट गरी १ सय भन्दा बढी विद्यार्थीले सहभागि भएका छन् ।

के हो त स्क्राबल ?

कुनै पनि ज्ञान वा सिप सिक्नका लागि भाषा अति आवश्यक छ, जसले माध्यमका रूपमा व्यक्तिको अभिव्यक्ति र प्रस्तुतीकरणमा उल्लेखनीय सहयोग गर्छ । भाषा भित्र रहेका शब्दहरूको सही अर्थ जान्ने र प्रयोग गर्ने शब्दज्ञानले विद्यार्थीहरूलाई राम्रोसँग लेख्न, बोल्न र व्यवहारमा दक्ष बनाउँछ, जुन सामाजिक र शैक्षिक जीवनका लागि अत्यावश्यक छ । जीवनपर्यन्त चल्ने शिक्षामा भाषा र शब्दज्ञानले निरन्तर सहयोग पुर्याउँछ ।

अङग्रेजी विश्वका धेरै देशहरूमा अन्तर्राष्ट्रिय सञ्चार, व्यापार, विज्ञान र शिक्षा क्षेत्रको मानक भाषा हो । सांस्कृतिक र सामाजिक सूचनामा पहुँच, रोजजारी र व्यवसायका अतिरिक्त शिक्षामा प्रगति गर्न तथा डिजिटल प्रविधिको उपयोग गर्न अङग्रेजी शब्दज्ञान सहायक सिद्ध मानिएको छ। शब्दज्ञानको विकास र विस्तारमा खेलमय सिकाई अत्यन्त लाभदायक छ जसले पुरस्कार, चुनौती र प्रतिस्पर्धालाई सिकाइ प्रक्रियामा समावेश गरी विद्यार्थीहरूमा उत्साह जागृत गरी तिनीहरूलाई सक्रिय बनाइराख्न मद्दत गर्छ ।
खेलमय प्रवल सक्रिय सिकाइको लागि विद्यमान प्रणालीमा रूपान्तरणको जरूरत महसुस गरी सम्बन्धित क्षेत्रमा क्रियाशील सहकर्मीहरूको सहकार्यका जगमा उभिएको सञ्जाल हो स्क्र्यावल क्लव ।

जस्तै शब्दखेलको रूपमा परिचित स्क्र्यावल शब्द निर्माण मार्फत् बौद्धिक प्रतिस्पर्धा गर्ने उद्देश्यले खेलिन्छ । अमेरिकी ईन्जिनियर अल्फ्रेड मोशेर बट्सले १९३८ मा लेक्सिको नामले विकास गरेको यो खेल पछि क्रिस(क्रसवर्ड हुँदै स्क्र्यावल भनेर चिनियो ।

स्क्र्यावल एउटा यस्तो खेल हो जसमा खेलाडीहरूले विभिन्न अक्षरहरू प्रयोग गरी शब्द बनाउँछन् । यो खेल शब्दावली र भाषामा पकड मजबूत बनाउन महत्वपूर्ण छ । यो खेल खेल्दा नयाँ शब्दहरू सिक्ने मात्र हैन शब्दकोषका अन्तरकुन्तरमा निस्क्रिय रहेका शब्द समेत सिकेर प्रयोगमा ल्याउने प्रेरणा मिल्छ । यसले स्मरणशक्ति बढाउनुका साथै सामाजिक सिकाइ र संवाद कौशल वृद्धि गर्ने अवसर प्रदान गर्छ ।

सन् १९४८ मा जेम्स ब्रुनोटले बट्ससँग सहकार्य गरेर स्क्र्यावलको व्यावसायिक उत्पादन सुरू। गरेका थिए । विश्व स्क्र्यावल प्रतियोगिताको सुरूवात सन् १९९१ मा भएको पाइन्छ । आज विश्वभर १२० भन्दा बढी देशहरूमा ४,००० भन्दा बढी क्लवहरूको संयोजनमा २० भन्दा बढी भाषाहरूमा खेलिने स्क्र्यावलका लागि नेपालको स्क्रयावल क्लव वर्ल्ड इङ्लिस स्क्रयावल प्लेयर्स एसोसियसन ९वेस्पा०को आधिकारिक सदस्य बनेर सन् २०१९ देखि विश्व युवा स्क्र्यावल प्रतियोगितामा सहभागि हुँदै आएको छ ।

यस संस्थाले सिकाइ उपयोगी विभिन्न सामग्रीहरु तयार गरी त्यसको अभ्यास र प्रतियोगीताहरु समेत सञ्चालन गर्दै आएको छ । हरेक विद्यालयमा एउटा स्क्र्यावल क्लव स्थापना गरी त्यस मार्फत् बोर्डगेम लगायतका सिकाइ सामग्रीहरुको बारेमा कार्यशाला, सेमिनार, छलफल आदि सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यसै क्रममा, अङग्रेजीका अतिरिक्त नेपाली र गणितका स्क्र्यावलहरु पनि तयार गरी प्रयोगमा ल्याइएका छन् । स्क्र्यावल क्लवले बेलाबेलामा स्क्र्यावल प्रतियोगीताहरुको आयोजना गर्दै विद्यार्थीहरु बीचमा स्वच्छ प्रतिस्पर्धाको वातावरण पनि तयार गर्दै आएको छ।

क्लवमा रहेर सिकाइमा अग्रसर भई काम गर्दा विद्यार्थीहरुमा विभिन्न वाञ्छित सीपहरुको उल्लेखनीय अभिवृद्धि भएको पाइन्छ । नियमितरुपले त्यस्ता सीपहरुको अभ्यास गरी जिम्मेवारीपूर्वक नयाँ सिकाइ अनुभवहरुको आदानप्रदान र अन्तरक्रियामा संलग्न हुने क्रममा विद्यार्थीहरु पाठ्यक्रमले निर्धारण गरेका कतिपय सक्षमताहरुमा सुक्ष्म रुपले दख्खल भएको पाइएको छ। सिकारूहरूका आँखामा देखिने अलग्गै चमक ( बोर्डगेम लगायत विश्व युवा संसद, स्पेलिङ बी, हाजिरीजवाफ आदिमा सहभागि हुनेहरूमा हामीले अनुभव गरेका छौँ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*