थाहाको राष्ट्रपति रनिङ शिल्ड जनकल्याण माविलाई

जनपत्र
१८ माघ २०८२, शनिबार १८:३१

हेटौंडा — थाहा नगरपालिका–२०८२ अन्तर्गत आयोजित आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनकल्याण माध्यमिक विद्यालयले हात पारेको छ।

लगातार उत्कृष्ट प्रदर्शन गर्दै जनकल्याण माविले यस पटक पनि प्रतियोगितामा बर्चस्व कायम गरेको हो। योसँगै जनकल्याणले आठौं पटक राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको हो ।

प्रतियोगितामा जनकल्याण माविले १७ स्वर्ण, ११ रजत र ६ कास्य पदकसहित कुल३४ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो। त्यसैगरी स्वच्छन्द भैरव माविले ७ स्वर्ण र २ कास्य पदकसहित ९ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्दा बागेश्वरी माविले ४ स्वर्ण, ९ रजत र ७ कास्य पदकसहित २० पदक प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाएको छ।

उपाधिसँगै प्रथम हुने जनकल्याण माविले २० हजार रुपैयाँ हात पारेको थियो । दोस्रो हुनेले १५ हजार र तेस्रोले १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

यसै अवसरमा आयोजना गरिएको मेयरकप भलिबल प्रतियोगिता अन्तर्गत छात्रतर्फ जनकल्याण मावि र छात्रातर्फ मत्स्यनारायण मावि उपाधि विजेता बनेका छन्। मेयरकप भलिबल प्रतियोगितामा प्रथम तथा उपविजेता टोलीले २० हजार तथा द्वितीय हुने टोलीले १५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगितामा १७ विधामा कुल १ हजार ३१८ जना विद्यार्थी खेलाडी सहभागी भएका थिए। थाहा नगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक गरी १८ वटा मविको सहभागिता रहेको थियो ।

प्रतियोगिता थाहा नगरपालिका शिक्षा शाखाको आयोजना तथा जनकल्याण माविको व्यवस्थापनमा तीन दिनसम्म संचालन गरिएको थियो। विजेता स्कुलहरुलाई थाहा नगरपालिकाका मेयर विष्णु विष्टलगायतले पुरस्कार वितरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*