मकवानपुरमा पृतनापति ट्रफि अन्तरगतका खेल सुरु, खड्काद्वारा प्रतियोगिताको उद्घाटन्
मकवानपुर । मकवानपुरमा पृतनापति ट्रफि अन्तरगतका खेल सुरु सुरु भएको छ । मध्यपृतना हेडक्वाटर हेटौ.डाको आयोजनामा प्रतियोगिता सुरु भएको हो । यो प्रतियोगिता उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले पृतनापति ट्रफी– २०८३ को विभिन्न प्रतियोगिताहरु सोमबारबाट सुरु भएको छ । उद्घाटन दिनको पहिलो खेल फुटबलमा श्री गोरख बहादुर गण र श्री भैरव गण बीच खेल भएको छ । आज भएको फुटबल खेलमा श्री गोरख बहादुर गणले २-१ गोलको अग्रता हासिल गर्दै श्री भैरव गण माथि विजय हासिल गरेको छ ।
विक्रम संवत २०६५ सालदेखि प्रधान सेनापति ट्रफी सञ्चालन हुँदै आएको सन्दर्भमा यस वर्ष पनि पृतनापति ट्रपी २०८३ सुरु गरिएको हो । श्री नं। ७ बाहिनी अड्डा अन्तर्गत श्री गोरख बहादुर गणमा संचालन भएको पृतनापति ट्रफी २०८३ को मध्य पृतना हेडक्वाटरका पृतनापति उपरथी विष्णु कुमार खड्काले खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभयो । उहाँले रेफ्रीलाई बल हस्तान्तरण गरि फुटबल खेलको आभारम्भ गर्नु भएको थियो ।

यसै गरि भोली मंगलबार दिउँसो ४ बजे श्री शेर गण र श्री नयाँ सबुज गण बीच खेल हुने गणपति प्रमुख सेनानी रविन्द्र कुमार श्रेष्ठले बताउनु भयो । यस वर्ष प्रतियोगिताको चापलाइ मध्यनजगर गरेर धादीङ, नुवाकोट, चितवन जिल्लामा समेत खेत खेलाइरहेको श्रष्ठले जानकारी दिनुभयो । खेलको उद्घाटनको दिन आज मार्चपाससँगै शेर गण, नयाँ सुबज गण भैरव गणलगायतले झाँकी प्रदर्शन गरेका थिए ।
यस वर्षको पृतनापति ट्रफी २०८३ वैशाख १४ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने तय भएको छ। प्रतियोगितामा सामूहिक र व्यक्तिगत दुबै विधाका खेलहरू समावेश गरिएका छन । सामूहिक खेलहरू अन्तरगत भलिबल, फुटबल र बास्केटबल प्रतियोगिता हुनेछ । यसैगरी व्यक्तिगत खेलहरूतर्फ एथलेटिक्स, जुडो, तेक्वान्दो, बक्सिङ र स्विमिङ खेल हुने छ ।
प्रतियोगितालाई विभिन्न युनिटहरूमा विकेन्द्रीकृत गरी सञ्चालन गरिनेछ । जस अन्तरगत मध्य पृतना हेडक्वार्टरमा स्विमिङ र बक्सिङ खेल हुने छ । श्री नम्बर ६ बाहिनी अड्डा नुवाकोट, श्री शरगणमा बास्केटबल, श्री भैरवनाथ गण धादिङमा भलिबल, श्री नम्बर ७ बाहिनी अड्डा मकवानपुर, श्री गोरखबहादुर गणमा फुटबल र एथलेटिक्स र श्री नयाँ सबुज गण चितवन मा तेक्वान्दो र जुडो प्रतियोगिता हुनेछ ।

यसरी विभिन्न स्थानमा खेलहरू सञ्चालन गर्दा सम्बन्धित क्षेत्रमा खेल पूर्वाधार तथा भौतिक संरचनाहरूको निर्माण हुनुका साथै प्रदेश, जिल्ला र स्थानीय तहका खेलकुद निकायहरूसँगको समन्वय र सहकार्य बढ्ने विश्वास लिइएको छ। यसले नागरिक र सैनिक बीचको सम्बन्धलाई थप सुदृढ बनाउने र आर्थिक दृष्टिकोणले पनि मितव्ययी हुने अपेक्षा गरिएको महासेनानी सुशील कुमार थापाले बताउनु भयो ।
प्रतियोगिताको समापन पश्चात प्रतिभाशाली खेलाडीहरूलाई थप प्रशिक्षित गरी आगामी प्रधान सेनापति प्रतियोगिता झनै उत्कृष्ट हुने उपेक्षा रहेको थापाले बताउनु भयो ।
देशलाई खेलकुद क्षेत्रमा सक्षम खेलाडी उत्पादन गर्ने मुख्य लक्ष्यका साथ मध्य पृतना हेडक्वार्टर अन्तर्गतका विभिन्न बाहिनी र गणहरूबाट छनोट गरिएका उत्कृष्ट खेलाडीहरूलाई यस प्रतियोगितामा सहभागी गराइनेछ ।
बैसाख २८ सम्म संचालन हुने प्रतियोगिताका विजयी खेलाडीलाई प्रधान सेनापति ट्रफी प्रतियोगिताका लागि क्लोज क्याम्प संचालन गरिने जनाएको छ । पृतनापति ट्रुफी प्रतियोगितामा ६ र ७ नम्वर बाहिनीको साथै शेर गण, भैरवबहादुर गण र नयाँ सुवज गणका खेलाडी सहभागी छन् ।
प्रतियोगितामा भलिबल, फुटबल, बास्केट वल र एथ्लेटिक्सलगायत ८ खेलमा प्रतिस्पर्धा हुने छ । विभिन्न विधाको प्रतियोगिता विभिन्न गण र बाहिनीमा संचालन गरिने छ । समापनको दिन सुपारेटार व्यारेकको खेल मैदानमा फुटबलको फाइनल खेल हुने जनाएको छ । ४७१ वटा मेडल रहेको उक्त प्रतियोगितामा १ सय २५ महिला खेलाडीसहित ५ सय ५० खेलाडी सहभागी हुने छन् । मध्य पृतना हेटौंडाले प्रधान सेनापति ट्रफी प्रतियोगितामा पाँच पटक प्रथम हुन सफल भएको छ ।






