अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : ३ विद्यार्थीको ज्यान गयो, ८ घाइते

जनपत्र
१५ मंसिर २०७८, बुधबार १२:४५

unn.prixa.net

काठमाण्डाै – अमेरिकाको मिशिगन राज्यमा रहेको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको ज्यान गएको छ । ज्यान गुमाउनेमा १६ वर्षीय किशाेर, १४ र १७ वर्षीया किशाेरीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेकाे परिचय खुल्न सकेकाे छैन । यस्तै हमलामा एक शिक्षकसहित ८ जना घाइते भएका छन् ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले १५ वर्षका छात्रलाई पक्राउ गरेको छ । आक्रमण किन र कुन उद्देश्यका लागि भएको थियो भन्ने खुलेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*