सामाजिक सञ्जालमा आइरहने मिथ्या तथा भ्रामक खवर र यसको नियन्त्रणका विषयमा अन्तरक्रिया

जनपत्र
७ आश्विन २०८२, मंगलवार १८:३१

हेटौंडा । बिभीन्न सामाजिक सञ्जालहरुमा बारम्बार सत्य र तथ्य नबुझिकन पोष्ट हुने र भाइरल समेत हुने मिथ्या तथा भ्रामक खवर र यसको नियन्त्रणका विषयमा सरोकारवालाहरुका विचमा आज मकवानपुरगढीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जनपत्र मिडिया प्रा.लि.हेटौंडा–२ को आयोजनामा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङमा रहेको शारदा उच्च माध्यमिक बिद्यालयमा अध्ययरत बिद्याथीहरुलाइ लक्षित गरेर कार्यक्रम गरिएको हो ।

सामाजिक सञ्जालमा राम्रा र पठन योग्य विषयहरु पनि आउँछन् । तर, धेर भ्रामक खवरहरु पनि आउने र त्यसकै आधारमा आफ्ना धारणाहरु बनाउने परिपार्टी मालाउँदै गएको छ । सामाजिक सञ्जालमा आइरहेका धेर विषयहरु सय होकी होइनन् भनेर पहिले बुझ्नुपने कार्यक्रममा सहभागि प्रशिक्षकहरुले बताएका छन् । यसै विषयमा शारदा माध्यमिक बिद्यालयमा अध्ययनरत १० र १२ कक्षाका बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले प्रशिक्षण दिदै अहिलेको पुस्ता जन्मे देखिनै मोवाइल देखेको र खाना खादा पनि मोवाइल देखाएर खुवाउने र अहिलेको अवस्था सम्म आइपुग्दा सबै खालका जानकार मोवाइलका सामाजिक सञ्जालबाट लिने गरेको बताउनुभयो ।

सूचनाको हक नागरिकको अधिकार रहेको बताउँदै उहाँले भन्नुभयो–‘सामाजिक सञ्जालबाट सूचना, जानकारी, मनोरंजन जसरी लिएपनि आइरहेका विषयहरु सत्य होकी होइनन् भनेर जानकारी चै प्राप्त गर्नुपर्दछ ।’

कार्यक्रममा शारदा माध्यमिक बिद्यालयका प्रधानध्यापक इन्द्रबहादुर कार्कीले सामाजिक सञ्जालको प्रयोग गर्नुपर्ने तर सत्य र जानकारी मुलक कुरालाई मात्र लिनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालमा सबै कुरा सत्य पनि नहुने भएकाले यसलाई बुझ्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष नबराज हुमागाईले अहिलेको उमेर भनेकोनै सबैकुरा जान्न खोज्ने उत्सुक उमेर रहेकाले सत्य र राम्रो कुरा मात्र ग्रहण गर्नुपर्ने बताउनुभयो । बिभीन्न सामाजिक सञ्जालमा आएका धेरै विषयहरु सत्यतामा आधारित नरहेको र तथ्य र सत्य कुरा भने बुझ्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा सञ्चारिका समुह बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा राजधानी दैनिकका पत्रकार सरिता दाहालले प्रस्तुतीकरण गर्नुहुँदै हरेक व्यक्तिले सूचना प्राप्त गर्नु उसको हक अधिकार रहेको र कुन् सत्य वा कुन् तथ्यहिन खवर हुन् भन्नेकुरालाई छुट्याउन जरुरी रहेको बताउनुभयो ।

सामाजिक सञ्जाल भनेको इन्टरनेटमार्फत मानिसहरूबीच विचार, सूचना, तस्बिर, भिडियो, अनुभव र ज्ञान आदान–प्रदान गर्न प्रयोग गरिने डिजिटल प्लेटफर्म रहेको बताउँदै भन्नुभयो–‘सामाजिक सञ्जाल भनेको व्यक्तिहरूलाई आपसमा जोड्ने र सूचना तथा सामग्री साझा गर्ने इन्टरनेटमा आधारित सञ्चार माध्यम हो । हामीले प्रामाणिक र आधिकारिक जानकारी सरकारी निकायका वेबसाइट, आधिकारिक प्रेस विज्ञप्ति, विश्वसनीय सञ्चारमाध्यम (रेडियो, टेलिभिजन, राष्ट्रिय पत्रपत्रिका) बाट लिनुपर्छ ।’

सामाजिक सञ्जालमा आएको कुरा मात्रमा भर पर्नु नहुने उहाँको भनाइ छ । धेरै मानिसहरू फुर्सदमा मोबाइल प्रयोग गरेर सामाजिक सञ्जाल (फेसबुक, टिकटक, युट्युब) हेर्ने गरेको बताउनुभयो । यसले मनोरञ्जन र समाचार दुवै दिन्छ, तर समयको ठूलो हिस्सा यतै बित्ने गरेको पाइन्छ । एउटै खबर विभिन्न माध्यममा आएको छ कि छैन भन्ने जाँच गर्ने । स्रोत के हो ? कसले पोस्ट गरेको हो ? विश्वसनीय छ कि छैन ? आधिकारिक निकाय वा प्रतिष्ठित मिडियाबाट पुष्टि नभएसम्म विश्वास नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जनपत्र मिडिया प्रालिका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले आफ्नो प्रस्तुतीका क्रममा अहिले एआइको जवाना पनि रहेको र तत्काल फेक भिडियो र फोटो पनि बनाइने हुनाले त्यसतर्फ बुझ्न पनि आग्रह गर्नुभयो । सामाजिक सञ्जालमा देखेका वा सुनेका कुरा सीधै विश्वास गर्नु पनि नहुने उहाँले बताउनुभयो ।

कुनैपनि कुराको आधिकारिता लिनका लागि एउटै विषयमा कम्तीमा २–३ वटा विश्वसनीय मिडियामा आएको छ कि छैन हेर्ने । आधिकारिक निकाय सरकार, प्रहरी, अस्पताल, अदालत, आयोगका प्रेस नोट हेर्ने । अन्तर्राष्ट्रिय वा राष्ट्रिय प्रतिष्ठित सञ्चारमाध्यमले कस्तो रिपोर्टिङ गरेको छ जाँच्ने । त्यसपछी मात्र आफ्नो धारणा बनाउनका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागि बिद्यार्थीहरुले भने आफुहरुले फुर्सदको समयमा सामाजिक सञ्जाललाई सिक्ने र मनोरंजनको माध्यम बनाएको बताएका छन् । उनीहरु धेरैले सामाजिक सञ्जालमा फेसबुक, टिकटक, इन्स्ट्राग्राम, युटुब, टुइटर लगायतका सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*