अन्य युवा खेलाडीहरुले पनि पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जिते ।
अर्जेन्टिनालाई १९९३ पछि कोपा च्याम्पियन बनाउने क्रममा २८ वर्षीय गोलकिपर एमिलियानो मार्टिनेजको प्रदर्शन शानदार रह्यो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भएका उनले सेमिफाइनलमा कोलम्बियाविरुद्ध सुटआउटमा तीन पेनाल्टी रोके । कुल ६ खेल खेल्दा फाइनलसहित ४ खेलमा क्लिनसिट राखे ।
यस पटक अर्जेन्टिना टिम युनिटको रुपमा राम्रो खेल्दै उपाधि जित्यो ।
१९९३ मा कोपा जितेपछि अर्जेन्टिनाले चार पटक कोपा, एक पटक फिफा विश्वकप र दुई पटक कन्फेडेरेसन कपको फाइनल खेले पनि उपाधि जित्न सकेको थिएन । तर यस पटक भने अर्जेन्टिनाले फाइनलमा ब्राजिललाई उसैको मैदानमा हराएर उपाधि जित्यो ।
अर्जेन्टिनाको जितको नायक
अर्जेन्टिनाले उपाधि जित्दा स्वभाविक रुपमा मेस्सीको चर्चा भयो । उनले प्रतियोगितामा लुइस डियाजंगै सर्वाधिक ४ गोल गरे । साथै मेस्सीले उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड पनि जिते ।
अर्जेन्टिनालाई कोपा च्याम्पियन बनाउन पर्दा पछाडिका नायकका रुपमा थिए लिओनल स्कालोनी ।
अर्जेन्टिनाका पूर्वखेलाडी समेत रहेका स्कालेनीले २०१८ देखि अर्जेन्टिनाको प्रशिक्षकको रुपमा काम गरेका थिए । २०१९ मा उनको पहिलो कोपामा अर्जेन्टिनामा सेमिफाइनलमा ब्राजिलसँग पराजित हुँदै बाहिरिएको थियो । दुई वर्षपछि त्यही ब्राजिललाई फाइनल हराएर उपाधि जित्न सक्षम टिम स्कालेनीले नै बनाए ।
सन् २०१८ मा होजे साम्पाओलीको सहायकको रुपमा स्कालोनी स्पानिस क्लब सेभियामा अनुबन्ध भए । २०१७ मा साम्ओली अर्जन्टिनाको प्रशिक्षक बनेपछि स्कालोनी पनि सँगै सहायकको रुपमा रहे ।
तर सन् २०१८ मा रुसमा भएको विश्वकपको अन्तिम १६ बाटै बाहिरिएपछि होजे साम्पाओलीले टिम छाडे । त्यसपछि स्कालोनी कार्यवाहक प्रशिक्षक चयन भए । उनीसँगै पाब्लो अइमार पनि टिममा थिए ।