मकवानपुरको कोगटे जाँदा यसै पटक आलु खाईएनः कोगटे डायरी

विहान ५ः०० बजे मोबाईलमा राखिएको आलर्मले म निन्द्रबाट ब्युझिएँ । उठ्दा छोरा अनुपम र म मात्रै विछ्यौनामा थियौं । लामो समय पछि घरमा आएकोले हो कि किन हो पहिले कुखुराको डाँक संगै बज्यै उठ्नुहुन्थ्यो र हामिलई उठ् ! उठ् ! भनेर उठाई हातमुख धुन लगाउनु भएको र कक्षा ९–१० तिर पढ्ने बेला बज्यैले एकाविहानै खाजा बनाई खुवाई टिफिनमा खाना राखेर स्कुल पठाउनु भएको सम्झना आयो । म एक छिन् खाटमै यसै पल्टी राखें । अनुपम पनि ब्यूझिएर कोठाबाट बाहिर जान खोजि हाल्यो । मैले एक छिन् सुत्ने उद्धेश्यले अल्छी गर्दैै “एक छिन सुत्नुपर्छ बाबु” भनेर भने । अनुपम भने “उज्यालो भयो बाबा” भन्दै बाहिर दौडिई हाल्यो ।
कोगटेमा पार्टि अधिवेशनमा जाने पुर्व निर्धारित कार्यक्रम बमोजिम म कोगटे जाने तैयारीमा लागें र पार्वती छ्यामा(भीमफेदी गाउँपालिकाको पुर्व उपाध्यक्ष)लाई फोन गरें र केमा जाने भनि सल्लाह गरें । उहाँले पार्टि नेता बलराम बल दाईको गाडीमा जाने भन्नु भए पछि कोगटेको यात्रा निस्चित भयो ।
म घरैमा खाना खाएर धोर्सिङ्ग सडक छेउ ओर्लिए । उहाँहरु हेटौंडा देखी आउनु भयो । म गाडीको पछिलो सिटमा वसें र हामी कोगटे तर्फ लाग्यौं । भीमफेदी पुगे पछि हामीसंग गाडीमा जहार सिं लामा दाई र मनोज अंकल थपिनु भयो । गाडी छवेलीको झोलुंगे पुलको तल तिरबाट खहरे खोला, दमार हुँदै कोगटेको उकालो चढ्न सुरु भयो । दमार पुग्दा नपुग्दै कालो वादलले आकास छोपी सकेको थियो । म करिव २०६० साल तिर बज्यै संग पहिलो पटक कोगटे जाँदाको याद आयो । त्यो वेला म १० बर्षको मात्रे थिएँ । झोलुंगे पुल तरेको त्यो वेला मेरो पहिलो यात्रा थियो । बज्यै आङमा सोली बोकेर अघि लाग्नु भएको थियो । म चाँही झोलुंगेमा अलि अगाढी बढेपछि डराएँ । म झोलुंगेमा हिड्न सकिन । वेस्सरी रोएँ । बज्यैले मलाई हातमा समाएर डो¥याउदै पुल तार्न खोज्नु भयो । तर, डरले मेरो मुटमा ढ्याङ्ग्रो बज्न सुरु भयो । म अताल्लीएर राएँ ।
मेरो खुट्टा नै लुलो भएपछि भने बज्यैले सोली त्यही विसाउनु भएर मलाई पहिले झोलुंगे तार्नु भएको थियो । हामी त्यो बेला दमार खहरे खोलै खोला हिडेर अगाडी बढेका थियौं । सायद, त्यो समय बर्षाको समय थियो । माथिल्लो दमार छेउमा पुग्दै गर्दा जुकाले हामी तिरै नापीरहेको थियो । जुका छलेर हिड्दाहिड्दै एउटाले बनमाराको पातबाट टाउकामा समाईहाल्यो । म झस्किएँ । गाडीको झ्यालबाट चिसो हावाको झोकाले हान्न सुरु भयो । दमारको पारितिर पानीको मुस्लो खसिरहने झरना अहिले भने सुख्खा रहेछ ।
एकै छिनमा आकासबाट पानी बर्षिन सुरु गरिहाल्यो । बलराम दाई “यो पानीको झरीमा कमरेडहरु अधिवेशनमा आउँनुहोला त ?” भन्दै हुनुहुन्थ्यो । बाटोमा जाँदै गर्दा नरे भज्याङ पुगेर गाडी कोगटेको ओरालो लाग्यो । सीतापाईला बाट केहि अगाडी बढेपछि रोङ्सेको कल्भर्ट तर्दै गदा मैले बलराम दाईलाई कल्भर्ट देखाउँदै भनेः– “दाई ! पहिले तपाईले पनि भुमिगत कालमा हिडेर तर्नुभयो होला ! मैले नि सानामा धेरै पटक हिडेर तरेको छु । ” यो कल्भर्ट कल्भर्ट माननीयज्यूको पहलमा यसै पाली मात्रै हालिएको हो । यता तिर अलिभित्र पाण्डव पोखरी छ । त्यसको पनि संरक्षणको कार्य भईराखेको छ ।” भन्दै प्रतिनिधि सभा सदस्य महेश वर्तौला तिर ईगिंत गरेर वताए । “यो भन्दा अगाडी पनि भाल्चेको रुख रहेको खोल्चा र मेल्टार खोलामा गरि जम्मा तीन वटा कल्भर्ट बनेका छन् ।” “कोगटेमा भीमफेदी देखी यो कोगटे हुँदै सिस्नेरी निस्कने सडक कम्प्लीट भएपछि समग्र कोगटेकै मुहार फेन्छ ।
हेटौंडा – काठमाण्डौं यात्रा गर्नेहरु यहि बाटोको प्रयोग गर्नेछन् । यहाँ चहलपहल सुरु हुनेछ । यहाँका मानिसहरु रोजगारीको खोजीमा शहरीनु र विदेशिनु पर्दैन । यहीँ आफ्नै घरमा साग र ढिडो बेचेरै बाँच्न सक्छन् ।” भनेर भन्नु भयो । लगतै मनोज अंकलले “कोगटेलाई त चिनाएकै यहाँको स्थानीय जातको आलुले हो । यहाँको आलु लोकप्रीय छ । यसलाई पनि ब्राण्डिङ गर्न सकिन्छ नि !” भनेर भन्नु भयो । जहार सिंह दाई गाडी हाँकी रहनु भएको थियो । उहाँ अहिले पाँच नंम्बर वडाको अध्यक्ष हुनु भएकोले उहाँलाई वडाका कामका विषयमा फोनहरु आईरहेको थियो । पार्वती छ्यामा भने आफु विरामी भएर अस्पताल वस्नु पर्दाको क्षणबारे बताईरहनु भएको थियो । हामी केहि बेरमा धारा चौर पुग्यौं ।
हामी पुग्दा प्रहरीको गाडी देखियो । के भएको हो भनि पर्मेश्वर जीलाई सोधें । उहाँले यहाँको महिला सहकारीमा रातमा डाँका लागेको तथा उनिहरुले सहकारीको झ्याल लगायत भीत्रका समानहरु फोडेको अवस्थामा विहान जानकारी पाएको र त्यसैको अनुशन्धानको लागि भनेर प्रहरी आएको वताउनु भयो । ईप्रका भीमफेदीको प्रमुख ईन्सपेक्टर सचिता थापा मगर आउनु भएको रहेछ । उहाँसंग पार्वती छ्यामाले विस्तृत जानकारी माग्नुभयो । ईन्सपेकटर मिसले चोरहरुले पैसा चोर्ने उद्धेश्यले सहकारीको झ्याल फोरेर भित्र पसेको हुन सक्ने वताउनु भयो । उहाँका अनुसार दराज, दान पेटिका लगायतको फर्निचरहरु तोडफोड भएको अवस्थामा रहेको तर कागजपत्र सुरक्षित रहेको वताउनुभयो । दान पेटि भीत्रको १५०।– रुपयाँ मात्रै लगेको वताउनु भयो । सहकारीका व्यवस्थापक लगायत सञ्चालक र कर्मचारीहरुले प्रत्यक दिनको बचतहरु सहरकारीमा नराखी बैंकमा लगेर राख्ने गरेकोमा खुशी पनि व्यक्त गर्नुभयो र हामी उहाँसंग छुट्टीयौं ।
केहि बेरमा पानी पनि रोक्कीयो । हाम्रा पार्टि सदस्यहरु सवै छाता ओढेरै आईसक्नु भएको रहेछ र पार्टीको कार्यक्रम सुरु भयो । कार्यक्रमको विचमा आशिका दिदीले मेरो गुनासो छ भनेर बोल्नु भयोः– “मेरो घर कोगटे खोलाको पारी चिप्लेनीमा हो । त्यहाँ देखि माथि बाह«घरे भन्ने गाउँ छ । त्यहाँको मानिसहरु बर्षामा छाती–छाती पानी आउने खोला तरेर हिड्न पर्छ । पुलकै छउमा मान्छे हिनेर तर्ने तीन वटा साँगु तीन ठाउँमा राखिएको छ । त्यहाँको एउटा साँगु बरु चिप्लेनी जाने ठाउँमा राख्दीनु न भनेर वडा अध्यक्षलाई भने । अध्यक्षले कहाँ हुन्छ । मिल्दैन । भनेर हकारेर पठाए ।” यस्तै कुराकानीहरु गरेर अधिवेशन सकियो । पर्मेश्वर कमरेडले अध्यक्षमा आफुले एक कार्यकाल विताएको तथा आफ्नै नेतृत्वमा स्थानीय तथा संघीय निर्वाचनहरु सकेको सम्झना गर्दे सहजै विदुर कमरेडलाई अध्यक्ष बन्न प्रस्ताव गर्नुभयो । कमरेड विदुरको अध्यक्षतामा कमिटी निर्माण गरिसकेर सवैसंग विदा भई साँझ पाँच बजेतिर कार्यक्रमबाट भीमफेदी फकियौं । म धोर्सिङ्गमा गाडीबाट ओर्लिए र अरु सवै हेटौंडा तर्फ लाग्नुभयो । अहिले म आफ्नो डायरी लेखिरहेको छु । मलाई कोगटेको रमाईला दृष्य, त्यहाँका मानिषहरुको सोझोपना, लामो भाका तानेर बोल्ने शैलीहरु, बैशाख महिनामा पनि चिसो हावा र पानी, हरियो बन, धारा चौरको ढुंगे धारामा अंजुलीमा थापेर पानी पिएको सम्झना आईरहेको छ ।
मैले देखेको कोगटे पहिले भन्दा अहिले अलि भौतिक पुर्वाधारका क्षेत्रमा प्रगती भएको देखियो तर त्यहाँका मानिसका बोलीहरु सुन्दा मानिसका क्षमता विकास हुन अझैं बाँकी रहेको जस्तो लाग्यो । सडक छेउका केहि घरहरु पक्की बनिसकेका रहेछन् । गाउँहरु भने अझै उस्तै छन् । ढुंगा र माटोका गाह«ो, माटोले पोतिएकार मझेरी तथा पिंढी, जस्ताका कोरालो पारिएका छानोहरु, मिठा बोली बचन कोगटेका विशेषता नै लाग्छ मलाई । मेल्टार नपुग्दै बाटो छेउका धसिंगारेको तेल निकाल्ने मेसिन अहिले प्रयोग भईरहेका होलान् कि छैन होला भन्ने लागि रह्यो । मनोज अंकलले भन्नु भएको झैं कोगटेको आलुलाई मुस्ताङको आलु, जुम्लाको सिमी र मार्सी चामल जस्तै काठमाण्डौंका होटलहरुमा कोगटेको आलु भनेर बिक्रि हुने अवस्था कहिले र कसरि निर्माण गर्न सकिएला ? मनमा प्रश्नहरु उब्जीईरहेको छ । मैले दिउँसो आफ्नै मोबाईलबाट खिचिएका तस्वीरहरु भर्खरै सामाजिक सञ्जालमा राखेको थिएँ । भीमफेदी गाउँपालिकाको मेड्पा कार्यक्रम हेरिरहनु भएका निरज भट्टराई सरले प्रतिकृया दिनुभएको रहेछ । ‘कोगटे पर्यापर्यटनको दृष्ठिकोणले उत्तम स्थान हो । मगर जातीको बाहुल्य वस्ती भएको, जडिबुटीको खानी, चिसो ठाउँ यहाँको विशेषता हो । कोगटेमा होमस्टे प्रवद्र्धन, जडिबुटी प्रशोद्यन उद्योग, आधुनिक कृषि खेती, झाँकी र जात्राहरुको संरक्षणका लागि एकिकृक कार्यक्रम सञ्चालन गर्न सके यहाँको आर्थिक विकासमा टेवा पुग्न सक्छ ।’ मलाई पनि लाग्छ कि कोगटेको समृद्धीका आधार भनेकै यहाँका संस्कृति, सम्पदाहरु, जडिबुटी, परिवर्तन भईरहने मौसम, चिसो पानी नै हुन् ।
कोगटेको आलु, तोरी, जरिंगो सागलाई आधुनिक र व्यवसायीक खेतीमा परिवर्तन गरि बजारीकरण गर्नसके, यहाँका चिसो पानीलाई प्रशोधन गरि प्याकिङ गर्न वा चिसो पानीमा रेन्बो ट्राउट माछाको व्यवसायीक पालन गर्न सके, ओखर तथा मरिच जस्ता हाई भ्यालुका उत्पादनहरुलाई व्यवसायीक खेती गर्न सके, धसिंगारेको जस्तै चिराईतो, लौठसल्लो, पाँच औंले, धुपी, सुनपाती, सिस्नु, अल्लो, टिमुर, कुरिलो, तेजपत्ता (दालचिनी), गुर्जो, झ्याउ, नीम, बोझो, सुनाखरी, तितेपाती जस्ता जडिबुटीलाई प्रशोधन गरि बजारीकरण गर्नसके, पाण्डव पोखरीको कथालाई मार्केटिङ गरेर पर्यटकलाई आकर्षण गर्ने हो भने, कोगटे खोलालाई भाल्चेको रुख नजिक तिर बाँध बाँधेर माछा पालन, बोटिङ सञ्चालन तथा त्यही बानीबाट मेल्टार, आलेटोल, गैरीटोल, धारा चौरदेखी तलतिरको बारीहरुमा सिंचाई गर्ने हो भने, मगर होमस्टे सञ्चालन तथा स्थानीय जात्राहरुलाई प्रवद्र्धन गर्ने हो भने कोगटेको विकास संभव पक्कै छ । अलिकती बहकिएरै डायरी लेख्दै थिएँ मलाई के छुटे झैं लाग्यो । धत् ! कोगटे जाँदा यसै पटक आलु खाईएन ! हतारमा पो पर्किएछौं ।