बेलायतमा प्राविधिक समस्याले एअर ट्राफिक : हजारौँ हवाई यात्रु प्रभावित

जनपत्र
१२ भाद्र २०८०, मंगलवार ०९:५३

unn.prixa.net

बेलायतमा एअर ट्राफिक कन्ट्रोलको प्राविधिक समस्याका कारण हजारौँ हवाई यात्रु प्रभावित भएका छन् । उडानहरू रद्द हुने तथा ढिलो गरी सञ्चालन भइरहेका छन् ।

बेलायतमा एअर ट्राफिक कन्ट्रोल गर्ने निकाय (नेट्स) ले उडानसँग सम्बन्धित योजना प्रणाली बिग्रिएको र केही घण्टामै समस्या समाधान भए पनि सेवामा समस्या आएको जनाएको छ ।

राष्ट्रिय वायु ट्राफिक सेवाले अवतरण गर्न सक्ने विमानहरूको सङ्ख्या सीमित गरेको बीबीसीले जनाएको छ ।

हिथ्रो विमानस्थलले गएराति नै यात्रा गर्नुपर्ने यात्रुलाई विमानस्थलमा आउनुअघि एअरलाइन्स कम्पनीसँग सम्पर्क गर्न भनेको थियो । अन्य विमानस्थलका यात्रुलाई पनि यस्तै सल्लाह दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*