बार्सा र भिल्ला रियलको खेलमा ७ गोल

जनपत्र
११ भाद्र २०८०, सोमबार १०:३१

unn.prixa.net

काठमाण्डौ – स्पेनिस लिगमा बार्सिलोना र भिल्लारियलबीचको खेलमा ७ गोल भएको छ ।

रियलको मैदानमा बार्सिलोना ४–३ गोलले विजयी भयो ।

बार्सिलोनाका जिताउन अन्तिम गोल रोबर्ट लेवान्डोस्कीले गरे ।

त्यसको तीन मिनेट अघि फेरान टोरेसले बराबरी गोल फर्काएका थिए ।

घरेलु टोलीका लागि जुआन फोयथ, अलेक्जेन्डर सोरलोथ र एलेक्स बेनले गोल गरेका थिए ।

खेलको सुरुआतमै बार्सिलोनाले जाभी र फ्रेन्क डि जोङको गोलमा अग्रता बनाएको थियो ।

बार्सिलोनाले स्पेनिस लिगको सुरुआती तीन खेलबाट ७ अङ्क जोडेको छ ।

शीर्ष स्थानको रियल मड्रिड भन्दा बार्सा दुई अङ्कले पछि छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*