साउदी प्रो लिग : रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित

जनपत्र
९ भाद्र २०८०, शनिबार ११:५६

unn.prixa.net

काठमाण्डाै – अल नासरले साउदी प्रो लिगमा अल फाटे एफसीलाई ५–० गोलको फराकिलो अन्तरले हराएको छ ।

प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स स्टेडियममा गएराति भएको खेलमा फरवार्ड क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक र फरवार्ड साडियो मानेले दुई गोल गरे । साउदी प्रो लिगमा शुरुवाती दुई खेल गुमाएको अल नासरको यो पहिलो जित हो ।

यसअघि अल नासरले अल इतिफक र अल ताओनसँग हार बेहोरेको थियो । नयाँ सिजनको दोस्रो खेलमै रोनाल्डोको यो पहिलो ह्याट्रिक हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*