रोनाल्डोको पेनाल्टी गोलमा अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा

जनपत्र
२५ श्रावण २०८०, बिहीबार १०:४३

unn.prixa.net

काठमाण्डाै – अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा प्रवेश गरेको छ ।

कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि इराकको अल सोर्टालाई १–० ले हराउँदै अल नासर फाइनलमा पुग्यो । उनले खेलको ७५औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन् ।

पेनाल्टी क्षेत्रभित्र साडियो मानेलाई लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरे । हिजो भएको अर्को सेमिफाइनलमा अल हिलालले अल शबाबलाई हरायो । अब शनिवार उपाधिका लागि हिलाल र अल नासरबीच खेल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*