अस्ट्रेलिया महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा, डेनमार्क २–० ले पराजित

जनपत्र
२२ श्रावण २०८०, सोमबार १८:४०

unn.prixa.net

काठमाण्डाै – डेनमार्कलाई हराउँदै अस्ट्रेलिया फिफा महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा पुगेकाे छ ।

आज साेमवार स्टेडियम अस्ट्रेलियामा भएकाे खेलमा घरेलु टाेलीले डेनमार्कलाई २–० गाेलले हराउँदै क्वाटरफाइनलमा पुगेकाे हाे । अस्ट्रेलियाका लागि क्याटलिन फाेर्डले खेलकाे २९ औँ र हेली रसाेले ७० औँ मिनेटमा गाेल गरिन् ।

अब अस्ट्रेलियाले फ्रान्स र माेरक्काेबीचकाे विजेतासँग अगस्ट १२ मा खेल्नेछ । फ्रान्स र माेरक्काेबीचकाे खेल भाेलि मङ्गलवार हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*