अमेरिकाले नाइजरमा रहेको दूतावास आंशिक बन्द गर्ने, नाइजेरियाद्वारा विद्युत् आपूर्ति सेवा बन्द

जनपत्र
१८ श्रावण २०८०, बिहीबार १०:०६

unn.prixa.net

अमेरिकाले नाइजरमा रहेको दूतावास आंशिक बन्द गर्ने घोषणा गरेको छ । नाइजरमा गएको हप्ता भएको ‘कु’ पछि अमेरिकाले आफ्नो दूतावास आंशिक खाली गर्न आदेश दिएको बीबीसीले जनाएको छ ।

सयौँ विदेशी नागरिकलाई पहिले नै देशबाट बाहिर निकालिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमसँग हिजो कुराकानी गरी नाइजरमा लोकतान्त्रिक रूपमा निर्वाचित सरकारको पुनर्स्थापना गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

यसैबीच नाइजेरियाले नाइजरमा विद्युत् आपूर्ति बन्द गरेको छ । पश्चिम अफ्रिकी छिमेकी देशहरुले नाइजरमाथि प्रतिबन्ध लगाएपछि विद्युत् कटौती गरिएको नाइजेरियाको विद्युत् कम्पनीले जनाएको छ । नाइजर आफ्नो ७० प्रतिशत विद्युतका लागि नाइजेरियामा निर्भर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*