फिफा महिला विश्व कप शुरु हुनुभन्दा पहिले न्युजिल्यान्डमा गोलाबारी : दुई जनाको ज्यान गयो

जनपत्र
४ श्रावण २०८०, बिहीबार १०:०७

unn.prixa.net

न्युजिल्यान्डको अकल्यान्डमा गोलाबारी हुँदा दुई जनाको ज्यान गएको छ । प्रहरी अधिकारीसहित ६ जना घाइते भएका छन् ।

एक जना बन्दुकधारीले अकल्यान्डको एक निर्माणस्थल क्षेत्रको व्यस्त सडकमा गोली चलाउँदा दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार घटनामा बन्दुकधारी पनि मारिएका छन् । अकल्यान्डको इडन पार्कमा फिफा महिला विश्व कप फुटबल सुरु हुनुभन्दा पहिले गोलाबारी भएको हो ।

घटना पछि न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिंसले राष्ट्रिय सुरक्षाको खतरा नरहेकाले विश्वकप फुटबल प्रतियोगिता योजना अनुसार शुरु हुने बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*