सन् २००७ काे आईफाेन १ लाख ९० हजार डलरमा बिक्याे

जनपत्र
२ श्रावण २०८०, मंगलवार १०:०२

unn.prixa.net

पहिलाे पुस्ताकाे एउटा आईफाेन १ लाख ९० हजार अमेरिकी डलर अर्थात् झन्डै २ कराेड ५० लाख रुपैयाँमा बिक्री भएकाे छ । अमेरिकामा भएकाे लिलामीमा एपलकाे प्ल्यागशिप र सबैभन्दा सफल डिभाइसकाे पहिलाे पुस्ता महँगाे मूल्यमा बिक्री भएकाे हाे ।

याे आईफाेनकाे पहिलाे जेनेरेशनलाई सन् २००७ जुन २९ मा सार्वजनिक गरिएको थियाे । याे आईफाेन ४ र ८ जीबीसम्मकाे स्टाेरेज क्षमताका साथ सार्गवजनिक रिएकाे थियाे ।

एपलइनसाइडर अनुसार एलएसजी लिलामीकाे २०२३ ग्रीष्मकालीन प्रिमियम लिलामीकाे दाेस्राे चरणमा याे आईफाेन प्रदर्शनमा राखिएकाे थियाे, याे प्रदर्शनी जुन ३० देखि जुलाई १६ सम्म चलेकाे थियाे । याे आईफाेनका लागि २८ जनाले बाेली लगाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*