अफगानिस्तानसँगको टी–२० शृङ्खलामा घरेलु टोली बङ्लादेशको ‘क्लिन स्वीप’

जनपत्र
१ श्रावण २०८०, सोमबार ११:२३

unn.prixa.net

काठमाण्डाै – घरेलु टोली बङ्लादेशले अफगानिस्तानसँगको टी–२० शृङ्खलामा क्लिनस्वीप गरेको छ । दोस्रो टी–२० मा पाहुना टोली अफगानिस्तान ६ विकेटले पराजित भयो ।

जितका लागि १ सय १७ रनको मध्यम लक्ष्य पछ्याएको बङ्लादेशले १६ ओभर १ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । बङ्लादेशका लिटन दासले सर्वाधिक ३५ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमान र आजमतुल्लाह ओमरजाइले समान दुई विकेट लिए । त्यसअघि वर्षाले प्रभावित खेलमा अफगानिस्तानले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित १७ ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो ।

अफगानिस्तानका आजमतुल्लाह ओमरजाइले २५, करिम जन्नत २० र इब्राहिम जद्रान २२ रनमा आउट भए । बङ्लादेशका तस्किन अहमदले ३ विकेट लिए । मुश्ताफिजुर रहमान र सकिब अल हसनले समान दुई विकेट लिए ।

पहिलो खेलमा बङ्लादेश २ विकेटले विजयी भएको थियो । त्यसअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला पाहुना टोली अफगानिस्तानले २–१ ले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*