कांग्रेस सांसदद्वारा ३ नम्बर प्रदेशसभा बैठक अबरुद्ध (हेर्नुस भिडियो)

हेटौंडा । प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक नेपाली काग्रेशका सांसदहरुले आज अबरुद्ध गरेका छन् । प्रदेश सरकारले ल्याएको बजेटको विरोध गर्दै कांग्रेसले आज प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।
आजको बैठक आज बिहान ११ बजेलाई बोलाइएको थियो । त्यसपछी प्राबिधिक कारण देखाउँदै दिउसो ३ बजेलाई सूचना टाँस गरेर सारीएको थियो । तीन बजे काग्रेशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनियाँले आफ्ना कुरा राख्ने बित्तिकै संसद अबरुद्ध गरिएको हो ।
सांसदहरुले उठेर संसद अघि बढ्न नदिएपछि सभामुख सानुकुमार श्रेष्ठले आधा घण्टाका लागि संसद स्थगित भएको थियो । प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता बानियाँले बोल्ने बित्तीकै प्रदेश सांसदहरुले बैठक अबरुद्ध गरेका हुन् । बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले विनियोजन विधेयक नीति तथा योजना आयोगलाई पूर्ण रुपमा वेवास्ता र अपमान गरेको बताउनुभयो ।
नीति तथा कार्यक्रम अनुसार नै सानातिना आयोजनामा बजेट विनियोजन गर्ने परिपार्टीलाई निरुत्साहित गर्न पचास लाख रुपैया भन्दा माथिका आयोजना मात्र छनौट गरी कार्यान्वयन ल्याउने भनिए पनि १० लाख रुपैंयासम्मको बजेट राखेर आर्थिक अनुशासन मिचेको उहाँको भनाई थियो । अर्थ विविध शिर्षकमा ८ अर्ब बजेट छुट्याउँदा अनियमितता हुने उनहाँले बताउनुभयो ।
बजेटमा १३ जिल्ला मध्ये ४ जिल्लालाई मात्रै बजेट राखिएको, मन्त्रीमुखी मात्रै बजेट विनियोजन भएको जस्ता मुद्धा कांग्रेसले उठाएको छ । रसुवा र सिन्धुपाल्चोकलाई कृषिमा बजेट शुन्य पारेर असली चरित्र प्रर्दशन गरेको नेता बानियाँले बताउनुभयो । उहाँले राजधानीको विषय बजेट अघि नै टुंगो लगाउने विषय दुई तिहाईको सरकारले किन वेवास्ता गरेको बताउँदै कांग्रेसले पटक पटक आवाज उठाउदा समेत अघि नबढाउनु निन्दनीय रहेको बताउनुभयो । नेता बानियाँले स्वयंसेवकको नाममा ३५ हजार रुपैँया तलब दिनु आर्थिक अनुशासन विपरित भएको समेत बताउनुभयो ।