राष्ट्रपति बिद्यादेवि भण्डारीद्वारा हेटौंडा अस्पतालको उद्घाट्न् (भिडियो रिपोर्ट)

जनपत्र
९ फाल्गुन २०७९, मंगलवार १४:३०

हेटौंडा । राष्ट्रपति विद्यादेवि भण्डारी द्वारा हेटौंडा अस्पतालको नव निर्मित भवनको आज उद्घाटन् गर्नु भएको छ । मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिठान, हेटौंडा अस्पतालको संघीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको ३ तीले भवनको राष्ट्रपति भण्डारीले उद्घाटन् गर्नुभयो ।

नेपाली सेवाको हेटीकोप्टर मार्फत हेटौंडा आइपुग्नु भएकी भण्डारीले अस्पतालको भवन उद्घाटन् गर्नु भएको हो । पहिले पुरानो भवनमा साघुरो रुपमा विरामीको उपचार गर्दै आएको अस्पतालमा अहिले भने नयाँ भवनबाट जनसक्ति समेत थप गरेर उपचार सेवालाई प्रभावकारी रुपमा अगाडि बढाइएको छ ।

पहिले रिफर अस्पतालको रुपमा परिचित हेटौंडा अस्पतालमा अहिले धेरै खालका बिरामीको उपचारसंगै बिभीन्न रोगहरुको नियमित रुपमा अप्रेसन गरिदै आएको छ ।

राष्ट्रपति बिद्यादेवि भण्डारीले मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालले दिने सेवा सर्वसुलभ र गुणस्तरिय हुनेमा बिश्वास व्यक्त गर्नु भएको छ । अस्पतालको तीन तले नव निर्मित भवनको उद्घाटन् गर्दै भण्डारीले स्वदेशमानै गुणस्तरिय स्वास्य सेवा र सर्भसुलभ ढंगले प्रतिष्ठानले सेवा दिनेमा बिश्वास व्यक्त गर्नुभयो ।
आम जनतालाई सबैसुलभ ढंगले सेवा दिन यस प्रतिष्ठानको महत्वपूर्ण भुमिका हुने उहाँले वताउनुभयो ।

अहिलेको समयमा सर्ने तथा नसर्ने रोगहरु फैलदै जानु चिन्ताको विषय भएको राष्ट्रपति भण्डारीले वताउनुभयो । जननेता मदन भण्डारीको नामबाट स्थापित यस अस्पतालले स्वास्थ्य उपचारमा राम्रो काम गरेको उहाँले वताउनुभयो ।

जनस्वास्थ्य कार्यक्रमलाई जनताको घरदैलो सम्म पुर्याउनका लागि उहाँले आग्रह गर्नुभयो । स्वस्थ व्यक्तिबाट मात्र उत्कृष्ट समाज निर्माण हुने वताउँदै उहाँले गुणस्तरिय सेवालाई आम नागरिक पुर्याउनु राज्यको दायित्व भएको वताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयताको अवधारणा अनुसार मुलुकका सबै प्रदेशलाई सुविधा सम्पन्न बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो । संघीयताको अवधारणा अनुरुप हेटौंडा र आसपासका क्षेत्रबाट आउने बिरामीको सेवा र विद्यार्थीहरुको शिक्षामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेष पहल थालनी गर्नुपर्नेमा जोडसमेत दिनुभयो ।

संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हक अन्तर्गतको गुणस्तरीय स्वास्थ्य सेवाको प्राप्तिमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्दै उहाँले रोग नलाग्नुमात्र स्वास्थ्य नभएको बताउनुभयो । जनस्वास्थ्य कार्यक्रमलाई योजनावद्ध ढंगले नागरिकको घरदैलोमा पुर्‍याउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थापित गर्न र स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न प्रतिष्ठानको ठुलो भूमिका रहने बताउनुभयो । स्वास्थ्य सेवासँगै अनुसन्धानको क्षेत्रमा नविन कार्य गर्न सकेको खण्डमा जननेता मदन भण्डारीको नाममा स्थापित प्रतिष्ठानको उद्देश्यले सार्थकता पाउने उहाँको भनाइ छ ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ लगायतकाले आफ्ना धारणा राख्नुभयो ।
प्रतिष्ठानका उपकुलपति डाक्टर बिश्वराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख यादव चन्द् शर्मा, प्रदेशका मन्त्रीहरु, सांसदहरु, प्रदेशका सचिबहरु, कर्मचारीहरु लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रष्ठिानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यष राजेश प्रसाईले गर्नु भएको थियो ।

हेरौ भिडियो रिपोर्ट ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*