बागमती प्रदेशमा मन्त्रालय घटाउँदा सरकारको कती रकम बचत हुन्छ ? (भिडियो सहित)

हेटौंडा । बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ वटामा कायम गर्दा सरकारको धेरै रकम बचत हुने भएको छ । सरकारका मन्त्री, मन्त्रीका सचिबवालयका कर्मचारी, निजी सचिब, गाडी, आवास सुबिधा, मन्त्रालयको घर भाडा समेतमा धेरै रकम बचत हुने समेत अपेक्षा गरिएको छ ।
प्रदेशमा मन्त्रालय निर्धारण गर्नका लागि गठित कार्यदलले आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई प्रतिबेदन बुझाए लगतै ११ वटा मन्त्रालय कायम हुने भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले आज घटीमा ९ वटा र बढीमा ११ वटा मन्त्रालय रहने प्रतिवेदन मुख्यमन्त्री समक्ष बुझाउनु भएको छ । यो प्रतिवेदनपछी अब यस प्रदेशमा ११ वटा मन्त्रालय कायम गरेर छिट्टैनै मन्त्रिपरिषद् विस्तार गरिएको मुख्यमन्त्री जम्मकट्टेलले वताउनुभयो ।
प्रमुख सचिब निरौलको संयोजकत्वमा जम्मकट्टेलले पुस २६ गते पाँच सदस्यीय कार्यदललाई १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिनु भएको थियो । त्यही निर्देशन अनुसार आज कार्यदलले प्रतिवेदन बुझाएको हो ।
मन्त्रालय घटाउने प्रतिवेदनका विषयमा तलको भिडियो क्लीक गरौ ।