बागमतीका चौथो मुख्यमन्त्री र मन्त्रीहरुको यसरी भयो सपथग्रहण, कती वटा घट्ला मन्त्रालय ? (भिडियो सहित)
हेटौंडा । बागमती प्रदेशमा आज बिहान मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र दुइ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादब चन्द्र शर्माले मुख्यमन्त्री जम्मकट्टेललाई सपथग्रहण गराउनु भयो ।
हेटौँडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा मओवादी केन्द्रका जम्मकट्टेललाई शपथ गराउनु भएको हो । उहाँ बागमतीको चौथो मुख्यमन्त्रीको रूपमा सोमबार नियुक्त हुनु भएको थियो ।
जम्मकट्टेललाई प्रदेशसभाका ५ दलका ७० सांसदको समर्थन छ । उहाँ प्रदेशसभाको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुन मन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा काम गरिसक्नु भएको छ ।
जम्मकट्टेल प्रदेश झरेपछि निरन्तर सत्तामा हुनुहुन्छ । गठबन्धनमा भागवण्डा भएअनुसार उहाँ प्रदेशसभाको आधा कार्यकाल मुख्यमन्त्री हुनुहुने छ । आधा कार्यकाल भने एमाले नेतृत्वमा सरकार गठन हुने गठबन्धनमा भागवण्डा लागेको छ ।
यसैगरी प्रदेश प्रमुख शर्माले फेरी एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धब थापालाई मन्त्री पदमा सपथग्रहण गराउनुभयो । आजै सानो आकारको मन्त्रिपरिषद गठन गरेर सपथग्रहण समेत गरिएको हो ।
थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने थापालाई बिना बिभागिय मन्त्रीका रुपमा आज सपथग्रहण गराइएको हो । अरु सबै मन्त्रालय मुख्यमन्त्री जम्मकट्टेलले समाल्नु भएको छ । ७० जना सांसदको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बनेका हुन् । उनलाई एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।
मुख्यमन्त्रीको यस्तो छ पहिलो निर्णय
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलद्वारा पदभार ग्रहण गर्नु भएको छ । प्रदेशका मुख्यमन्त्रीका रुपमा उहाँले पदभार ग्रहण गर्नु भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँले आज पदभार ग्रहण गर्नुभयो ।
यसैगरी एमालेका तर्फबाट मन्त्री बन्नु भएका जगन्नाथ थपलियाले पनि आफ्नै मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो । यसैगरी राप्रपाका तर्फबाट मन्त्री बन्नु भएका बिना बिभागिय मन्त्री उद्धब थापाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार गह्रण गर्नुभयो ।
पदभार ग्रहण गरेलगतै उहाँले यस प्रदेशमा मन्त्रालयको सख्या घटाउन कार्यदल गठन गर्नु भएको छ । मन्त्रालयको सख्या यस प्रदेशमा धेरै रहेको र घटाउनका लागि कार्यदल गठन गर्ने निर्णय समेत गर्नुभयो । प्रमुख सचिबको नेतृत्वमा पाँच सदस्य कार्यदल गठन गर्नुभयो ।
मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका विचमा छलफल गरेर टुंग्याइने मुख्यमन्त्री जमकट्टेलले बताउनुभयो । उहाँले बागमती प्रदेशमा बढीमा ११ वटा मन्त्रालय बनाइने बताउनुभयो । पछिल्लो मन्त्रिपरिषदमा बागमती प्रदेशमा १४ मन्त्रालय थिए । ४ राज्यमन्त्रीसहित १८ मन्त्री भएपछि प्रदेश सरकारको आलोचना हुँदै आएको थियो ।
१५ दिनभित्र कार्यदलले प्रतिवेदन पेस गर्ने र जसका आधारमा मन्त्रालय संख्या टुंगोमा पुर्याउने मुख्यमन्त्री जम्मकट्टेलले जानकारी दिनुभयो । पाँच सदस्य कार्यदल बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन भएको छ ।
कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कानुन सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रशासन महाशाखा प्रमुखलगायत पाँच सदस्य रहेका छन् । बागमतीमा निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कार्यकालमा आठबाट मन्त्रालय संख्या १४ पुर्याइएको थियो ।
बागमती प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठक आज भएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको पहिलो बैठक सम्पन्न भएको हो ।
बैठकले प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालाई तोकेको छ । त्यस्तै उक्त बैठकले प्रादेशिक संरचना निर्माणका लागि संघीय सरकार समक्ष पठाइएको जग्गा प्राप्ती सम्बन्धी सिफारिसको फलोअप गर्ने निर्णय गरेको छ । उक्त विषयमा थप पहल गर्न प्रदेशको मुख्य सचिव मुकुन्दप्रसाद न्यौपानेलाई जिम्मेवारी दिइएको प्रवक्ता थपलियाले जानकारी दिनुभयो ।
त्यसैगरी, बैठकले मुख्यमन्त्री जम्मकट्टेलले गरेको पहिलो निर्णयलाई अघि बढाउने निर्णय गरेको छ । बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको हो । उक्त विषयमा अध्ययनका लागि मुख्य सचिव न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ । सो कार्यदलले आगामी १५ दिन भित्र प्रतिवेदन तयार पारी पेश गर्न निर्देशन दिइएको छ ।
जम्बो मन्त्रिपरिषद् बनाइएपछि पाण्डे नेतृत्वको गठबन्धन सरकारको व्यापक आलोचना भएको थियो । मन्त्रालय संख्या बढाउने तत्कालीन गठबन्धनको निर्णयमा वर्तमान मुख्यमन्त्री जम्मकट्टेलको समेत समर्थन थियो । उहाँले सरकारको नेतृत्व गरेपछि मन्त्रालय संख्या घटाउने तयारी रहेको हो ।
मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका विचमा छलफल गरेर टुंग्याइने मुख्यमन्त्री जमकट्टेलले बताउनुभयो । उहाँले बागमती प्रदेशमा बढीमा ११ वटा मन्त्रालय बनाइने बताउनुभयो । पछिल्लो मन्त्रिपरिषदमा बागमती प्रदेशमा १४ मन्त्रालय थिए । ४ राज्यमन्त्रीसहित १८ मन्त्री भएपछि प्रदेश सरकारको आलोचना हुँदै आएको थियो ।
बागमतीका चौथो मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रहण र पहिलो निर्णय हेर्न तलको भिडियो क्लीक गरौं ।