सारेगमप लिटिल च्याम्पमा प्रितम तेस्रो, चौथो भए आयुष

जनपत्र
२७ जेष्ठ २०७६, सोमबार ०६:३६

भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली प्रतिस्पर्धी बालक आयुष केसी भने चौथो भएका छन् ।

सो कार्यक्रमको फाइनलमा ६ जना पुगेका थिए । सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमले अडिसनदेखि नै निर्णायकहरुको मन जितेका थिए । २०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*