लिग टु खेल्ने १६ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा

जनपत्र
१९ फाल्गुन २०७८, बिहीबार १९:३३

नेपाल क्रिकेट संघ (क्यान) ले लिग टु अन्तर्गत युएईमा हुने एक दिवसीय सिरिजका लागि टोली घोषणा गरेको छ । क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की रहेका छन् ।

त्यस्तै अफिसियलमा म्यानेजर कैलाश विष्ट, मुख्य प्रशिक्षक पुबुदु दशानायाके, सहायक प्रशिक्षक प्रकाश शर्मा, फिजियो विक्रम न्यौपाने, एनालिस्ट रमण शिवाकोटी र ट्रेनर राज शर्मा रहेका छन् ।

क्यानका अनुसार नेपाली टोली युएई जानुअघि श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छन् । नेपाली टोली मार्च ५ मा श्रीलंका जाने भने श्रीलंकाबाट मार्च १४ मा युएई प्रस्थान गर्ने छन् ।

नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ । खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*