ब्लड क्यान्सर कसरी हुन्छ ? यसका लक्षण र बच्ने उपाय

जनपत्र
२१ जेष्ठ २०७६, मंगलवार ०६:१८

रगतमा विभिन्न कोषिकाहरू हुन्छन् । जसलाई आरबिसी र डब्लुबिसी भनिन्छ । रगतको तिनै कोषिकामा हुने क्यान्सर नै ब्लड क्यान्सर हो । ब्लड क्यान्सर एउटा प्राणघातक रोग हो । जसको उपचार समयमा नै हुन सकेन भने मानिसको ज्यानसमेत जाने गर्दछ । यो क्यान्सर कुनै पनि उमेरका मानिसलाई हुने गर्दछ । बढ्दो उमेर, धुम्रपान, अनुवांशिक, किमोथेरापी तथा एड्सजस्ता कारणले ब्लड क्यान्सर लाग्ने गर्दछ । जसका कारण मानिसको शरीरमा धेरै प्रकारका समस्या उत्पन्न हुने गर्दछ ।

यदि समयमै ब्लड क्यान्सरका संकेत पहिचान गरी उपचार गर्न सकियो भने यसको खतरालाई कम गर्न सकिन्छ ।

कस्ता व्यक्तिलाई हुन्छ ब्लड क्यान्सर ?

उमेर अनुसार फरक–फरक ब्लड क्यान्सर हुने गर्दछ । बच्चाहरूमा एएलएल ब्लड क्यान्सर हुन्छ । त्यसको पूरा रूप एक्युट लुक्यिमिया प्लास्टिक लिथोमिया हो । युवा–युवतीमा सिएलएल ब्लड क्यान्सर अर्थात् क्रोनिक लुिक्यमिया हुने गर्दछ । त्यसैगरी, बुढाबुढी भएका मानिरुलाई लिम्फोमा, क्रोनिक लुक्यिमिया, मल्टिपल मायलोमा हुने गर्दछ ।

ब्लड क्यान्सर हुने प्रमुख कारण

–अस्वस्थ खानपान ।

–अत्यधिक मात्रामा मध्यपान र धुम्रपान ।

– हेपाटाइटिस बी, सी र एचआइभीको संक्रमण ।

लक्षणहरू

–रक्तअल्पता हुने ।
–लामो समयसम्म शरीरका हाडर्जोनी दुखिरहने ।
–बढी थकाइ लाग्ने ।
–शरीरका विभिन्न भागमा नीलडाम देखिने ।
–लगातार रूपमा छाला चिलाइरहने ।
–तीव्र गतिमा तौल घट्ने ।
–स्वास फेर्न गाह्रो हुने ।
–कुनै रोग लागेको औषधि सेवन गर्दा पनि लामो समयसम्म ठीक नहुने ।

बच्ने उपाय :
–विशेषगरी खानपानमा ध्यान दिने ।
–स्वास्थ्यबद्र्धक खानेकुरा खाने तथा स्वस्थकर जीवनशैली अपनाउने ।
–शरीरलाई चलायमान राख्ने ।
–धुम्रपान र मध्यपान गर्दै नगर्ने ।
–माथिका लक्षण देखा परेमा तुरुन्तै चिकित्सकलाई देखाउने ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*