धिरज र निर्मल निर्देशित नाटक ‘सिफारिस’ को मञ्चन सुरु

जनपत्र
२५ मंसिर २०७८, शनिबार ०६:५७

विराटनगरको गुरुकुलमा धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ को मञ्चन सुरु भएको छ । निर्मल शर्मा र राई स्वयंमले परिकल्पना तथा निर्देशन गरेको नाटक शुक्रबारदेखि मञ्चन सुरु भएको हो । नाटक मंसिर २४ देखि २९ गतेसम्म चल्ने जनाइको छ । नाटक शनिबार दिउँसो १ बजे र ४ बजे दुईवटा शो हुनेछ ।

याक्दुहाङ धिरजको कथा सिफारिसमा आधारित रहेको उक्त नाटकले मधेशी परिवेशमा विद्यमान रहेको महिला हिंसा र दाइजो प्रथालगायतका विकृतिहरूलाई उठान गर्दै निरुत्साहित पार्ने प्रयास गरेको छ । एउटा मृत्यु दर्ताको वरिपरि घुमेको उक्त नाटकले समाजमा विद्यमान जालझेल लगायतका विषयमा समेत खरो टिप्पणी गरेको छ ।

नाटकमा समीक्षा दाहाल, कृतिशा काफ्ले, अंशु खतिवडा, सङ्गीता यादव, राजेश ठाकुर, सुरेश विद्रोही, अनिल खत्री, प्रदीप दाहाल, देवेन्द्र यादव, विकास पराजुली र भरत कार्कीले अभिनय गरेका छन् । नाटकका लागि मञ्च परिकल्पना तथा निर्माण विकास पराजुली, भरत कार्की र रविन चिमरियाले गरेका छन् ।

यस्तै, ध्वनी परिकल्पना तथा परिचालन निर्मल शर्मा र अशोक गौतमले गरेका छन् भने व्यवस्थापन भैरव क्षेत्री र भवानीशंकर अधिकारीले गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*