हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा

जनपत्र
१५ चैत्र २०८२, आईतवार १६:३८

हेटौंडा — सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

२४ जेठ २०८१ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३ वर्षका लागि नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी छँदै ‘परिवर्तित राजनीतिक परिस्थिति’ लाई मुख्य कारण देखाउदै राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा भण्डारीले आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन निरन्तर प्रयास गरेको उल्लेख गरेका छन् । पुरानो मेसिनरी संयन्त्र, प्रविधिगत सीमितता र चरम आर्थिक अभावका बाबजुद उद्योगलाई सञ्चालनमा राख्न सफल भएको र हाल उद्योगमा क्लिङ्कर उत्पादन तथा बिक्री प्रक्रिया नियमित भइरहेको उनले दाबी गरेका छन् ।

अध्यक्ष भण्डारीले राजीनामापत्रमार्फत मन्त्रालयको कार्यशैलीप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् । उद्योगलाई प्रतिस्पर्धी बनाउन आवश्यक पर्ने पुँजीगत तथा चालू खर्च व्यवस्थापनका लागि पटकपटक ऋण तथा अनुदानका लागि अनुरोध गरे पनि मन्त्रालयबाट ठोस नीतिगत निर्देशन र आर्थिक व्यवस्थापन नभएको उनले गुनासो गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*