नवनिर्वाचित सांसदहरूको शपथ, जो संसद् भवनको मूल ढोका ढोगेर शपथमा सहभागी भए

जनपत्र
१२ चैत्र २०८२, बिहीबार १७:१९

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरुलाई सिंहदरबारमा शपथ दिलाएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथका लागि सांसदहरू विभिन्न परम्परागत पोशाकमा पुगेका थिए । केहीले मातृभाषामा समेत शपथ लिए ।

नवनिर्मित संसद भवनको बहुउदेश्यीय सभा हलमा सांसदहरूले शपथ ग्रहण गरेका हुन् । २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरू सपथ ग्रहणका क्रममा आ-आफ्नो संस्कृति झल्कने पोशाक लगाएर शपथ ग्रहण स्थलमा पुगेका थिए ।

सभामुखको निर्वाचन नभएको अवस्थामा संसद्को जेष्ठ सदस्यले सांसदहरूलाई शपथ खुवाउने कानुनी प्रावधान छ ।

शपथ कार्यक्रमअघि संघीय संसद्का महासचिव पदमप्रसाद गौतमले नवनिर्वाचित सांसदहरूलाई स्वागत गरेका थिए ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित नयाँ संसद भवनको हलमा शपथ ग्रहणका लागि प्रवेश गर्नुअघि केही सांसदहरुले मूल प्रवेशद्वारमा ढोगेका थिए । कतिपयले जुत्ता खोलेर शीर नुहाएर ढोगेको देखिन्थ्यो । यसरी ढोग्नेमा रास्वपाका सागर ढकाल पनि एक हुन् ।

नेपाली मौलिक भेषभूषा लगाएर गएका उनीहरु पहिलोपटक सांसद बनेका थिए ।

नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए । रास्वपा वरिष्ठ नेता बालेन शाह भने किराँत समुदायमा शुभ संकेत मानिने सिलाम साक्मा लगाएर शपथ ग्रहण कार्यक्रममा सहभागी भएका थिए । उनले भोलि शीतल निवासमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*