टी–२० विश्व कप : भारत सेमिफाइनलमा पुग्न अब अफगानिस्तानमा निर्भर

जनपत्र
१५ कार्तिक २०७८, सोमबार १७:२२

काठमाण्डाै – दुबईमा लगातार दाेस्राे हारपछि टी–२० विश्व कपकाे दाबेदार मानिएकाे भारतीय टिममाथि प्रतियाेगिताबाट बाहिर हुने खतरा बढेकाे छ ।

न्युजिल्यान्डले हिजाे आइतवार उत्कृष्ट क्रिकेट खेल्दै क्रिकेट जगतका स्टार खेलाडीले भरिएकाे भारतीय टिममाथि आठ विकेटकाे सहज जित निकालेसँगै भारत प्रतियाेगिताबाट नै बाहिरिने खतरा बढेकाे हाे ।

गएकाे हप्ता भारतलाई प्रतियाेगिताअन्तर्गत आफ्नाे पहिलाे खेलमा पाकिस्तानले १० विकेटले हराएकाे थियाे ।

अब लगातार दाेस्राे हारपछि भारत समस्यामा परेकाे छ । अब भारत सेमिफाइनलमा पुग्ने सबै आशा अफगानिस्तानमा पुगेर अडिएकाे छ जाे निकै कठिन सम्भावना हाे ।

अहिले बनेकाे समीकरणअनुसार अफगानिस्तानले न्युजिल्यान्डलाई हराएकाे अवस्थामा मात्र भारत सेमिफाइनलमा पुग्न सक्छ ।

र याेसँगै भारतले आउँदा तीन खेल जित्नुपर्ने हुन्छ । अब भारतले अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्न बाँकी छ ।

भारतले अब आफ्नाे तेस्राे खेल यही नाेभेम्बर ३ मा खेल्नेछ । आबुधाबीमा भारतकाे भेट अफगानिस्तानसँग हुनेछ ।

अफगानिस्तान र न्युजिल्यान्डकाे खेल नाेभेम्बर ७ मा हुँदैछ ।

लगातार दाेस्राे हार 

आइतवार दुबईमा भएकाे खेलमा न्युजिल्यान्डले भारतले निकै सहजै आठ विकेटले हरायाे । भारतले दिएकाे एक सय ११ रनकाे सामान्य लक्ष्य न्युजिल्यान्डले १५ औँ ओभरमै मात्र दुई विकेट गुमाएर भेटायाे ।

टसकाे मामिलामा विराट काेहली फेरि एक पटक दुर्भाग्यशाली रहे र न्युजिल्यान्डका कप्तान केन विलियमसनले पहिला फिल्डिङ गर्ने निर्णय गरे ।

उनकाे याे निर्णय सही साबित भयाे र तेस्राे ओभरमा नै भारतले ११ रनमा पहिलाे विकेट गुमायाे ।

केएल राहुलसँग ओपनिङ गर्न आएका ईशान किशन मात्र चार बनाएर छक्का प्रहार गर्ने प्रयासमा बाउन्ड्रीमा क्याच आउट भए । त्यसपछि क्रिजमा आएका राेहित शर्माले पहिलाे बलमै जीवनदान भए । फाइन लेगमा रहेका एडम मिल्नेले राेहितले प्रहार गरेकाे बल क्याच गर्न सकेनन् ।

यद्यपि राेहित शर्माले त्यसकाे धेरै फाइदा उठाउन सकेनन् र मात्र १४ रन बनाएर आउट भए । उनीभन्दा अघि ओपनर केएल राहुल १८ रन बनाएर आउट भए ।

भारतमाथि दबाब बढ्दै गयाे र ११ ओभरकाे पहिलाे बलमा कप्तान विराट काेहली मात्र नाै रन बनाएर आउट हुँदा भारतले ४८ रनमा चार विकेट गुमाइसकेकाे थियाे ।

७० रनमा विकेटकीपर ऋषभ पन्त पाँचाैँ विकेटकाे रूपमा मात्र १२ रन बनाएर बाेल्ड आउट हुँदा भारतकाे हातबाट खेल गइसकेकाे लगभग तय भएकाे थियाे ।

त्यसपछि हार्दिक पान्ड्याकाे २३ र रविन्द्र जडेजाकाे अविजित २६ रनकाे मदतमा भारतले निर्धारित २० ओभरमा एक सय १० रन बनाउन सक्याे । याे याेगफललाई टी–२० खेलमा एक साधारण स्काेर मानिन्छ ।

न्युजिल्यान्डकाे लागि याे सहज लक्ष्य थियाे । यद्यपि उसका मार्टिन गुप्तिल चाैथाे ओभरमा २० रन बनाएर जसप्रित बुमराहकाे बलमा क्याच आउट भए ।

तर त्यसपछि दाेस्राे विकेटका लागि डेरिल मिचेल र कप्तान केन विलियमसनले ७२ रनकाे साझेदारी गरेर खेललाई सहज बनाए । मिचेल ४९ रन बनाएर बुमराहकाे बलमा आउट भए ।

न्युजिल्यान्डले त्यसपछि १५ ओभरमा नै एक सय ११ रनकाे लक्ष्य भेटायाे । कप्तान विलियमसनले ३३ रन बनाएर टिमलाई जित दिलाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*