बागमती प्रदेश प्रमुख शर्माद्वारा दशैं,तिहार, छठको शुभकामना

जनपत्र
२६ आश्विन २०७८, मंगलवार ०८:१५

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले बडादशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।
प्रमुख शर्माले आज मंगलबार शुभकामना सन्देशमार्फत नेपालीहरुको महान पर्व बडादशैं, तिहार, नेपाल सम्बत ११४२, छठ लगायत चाडपर्वका अवसरमा बागमती प्रदेशबासी तथा सम्पूर्ण नेपालीहरुमा सुख, समृद्दि , शान्ति, सुस्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख शर्माले  हाम्रो परम्परा र मौलिकता बोकेका पर्वहरुले आपसमा एकता, सहिष्णुता अभिवृद्दि भई हाम्रो आपसी मेलमिलाप, सद्भाव र शान्तिलाई अझ प्रगाढ पार्दै लान सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । शर्माले हाम्रा चाडपर्वले संस्कृतिको जगेर्ना गर्न सकून् भन्दै अनावश्यक प्रतिष्पर्धीको सोचबाट समाजलाई मुक्त गर्न सफलता पनि प्राप्त गरुन् भन्नुभएको छ । उहाँले भन्नुभएको छ,‘हाम्रा चाडपर्वहरुले परम्परागत रुपमा विकसित भएका संस्कृतिहरुलाई जर्गेना गर्न सकून् र अनावश्यक प्रतिष्पर्धी सोचबाट समेत समाजलाई मुक्त गर्न सफलता प्राप्त गरुन् । ’
प्रमुख शर्माले अहिलेको समय कोरोनाबाट सचेत हुँदै चाडपर्व मनाउँनुपर्ने भएकाले यसमा यसमा ध्यान दिनुपर्ने जोड दिनुभएको छ । ‘अहिले पनि हामी कोरोना विरुद्घको लडाईमै छौं । कोरोना संक्रमणको जोखिमबाट पूर्ण रुपमा मुक्ती कहिले पाइएला भन्ने प्रश्न आज पनि जीवन्त छ । प्रदेशबासी दाजुभाई, दिदिबहिनी तथा सम्पूर्ण नेपाली कोभिड १९ को संक्रमणबाट जोगिनका लागि चनाखो र सचेत हुन अत्यावश्यक छ ।’ उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।
प्रदेश प्रमुख शर्माले आफन्त र मान्य जनहरुबीचको भेटघाट, शुभकामना आदान–प्रदान एवं सद्भाअव व्यक्त गरिरहँदा कोभिड १९ बाट जोगिन आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि  आग्रह गर्नुभएको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*