आजको राशिफल / वि.सं. २०७६ ज्येष्ठ ०३ गते शुक्रबार (शुभ र अशुभ सहित)

जनपत्र
३ जेष्ठ २०७६, शुक्रबार ०६:०६

वि.सं. २०७६ ज्येष्ठ ०३ गते शुक्रबार तदनुसार ई. सं. २०१९ मई १७ तारिख, वैशाख शुक्ल त्रयोदशी, स्वाती नक्षत्र, तुला राशिको चन्द्रमा, व्यतिपात योग, तैतिल र गर करण, आजको चाडपर्व र उत्सव : नृसिंह जयन्ती, स्याङ्जा लसर्घामा आलमदेवी पूजा, आजको मूहुर्त : शुभविवाह, अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), चूडाकर्म(छेवर), गृहप्रवेश, वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, दैलो राख्ने, कलशचक्र,  भोलिको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, चण्डी पूर्णिमा, गौतम बुद्ध जयन्ती, कूर्म जयन्ती, वैशाख स्नानको समाप्ति, घाँटु नृत्य विसर्जन, उभौली पर्व, बन्दिकापुरमा चण्डेश्वरी रथयात्रा, गोरखनाथ जयन्ती, नेवारी पर्व स्वाया पुन्हि, रानीकोट श्री बाघभैरव पर्व, ललितपुर गोटीखेलमा वैतरणी धाम स्नान, भोलिको मूहुर्त : शुभविवाह, अग्निवास(होमादि),

आजका लागि अशुभ समय :–

राहु काल : बिहान १०:२० देखि १२:०१ सम्म,  यमघण्ट : दिउँसो ०३:२३ देखि ०५:०४ सम्म, गुलिक काल : बिहान ०६:५७ देखि ०८:३९ सम्म, रोग वारवेला : दिउँसो ०१:४२ देखि ०३:२३ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–

शुभ वारवेला : दिउँसो १२:०१ देखि ०१:४२ सम्म,  अमृत वारवेला : बिहान ०८:३९ देखि १०:२० सम्म,  भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने पानी खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।  पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रसरङ्गको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ ।

शुभरङ्ग : सुन्तले

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : विष्णुलक्ष्मी

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल

के नगर्ने : परिवारको बेवास्ता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साह र जाँगरमा बृद्धि हुनेछ । तर्क, बहस र वादविवादमा समय बित्न सक्छ ।

शुभरङ्ग : छिर्केमिर्के बुट्टे

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : गणेश

अशुभ रङ्ग : सुन्तले÷गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : खानपानमा नियन्त्रण

के नगर्ने : आवेग, घमण्ड र क्रोध

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । स्वास्थ्य सबल रहने छ । भोगविलासमा मन जानेछ । सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ ।

शुभरङ्ग : गाढा हरियो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : सूर्यदेव

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने

के नगर्ने : अल्छी र अकर्मण्यता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हुन्छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । पढाइलेखाइमा जाँगर चल्दैन । नयाँ मान्छेको झट्टै विश्वास नगर्दा राम्रो हुनेछ । जस कसैलाई मन पेट खोलेर नदिनु होला । प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ ।

शुभरङ्ग : गाढा रातो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : शिवर्पावती

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने

के नगर्ने : गोपनीयता भङ्ग

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन्, सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन् । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ । साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको÷ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् । पहिले दिएको वचन पूरा गर्न खट्नु पर्ने दिन छ । परिस्थिति र समयले नचिताएको सफलता प्राप्त गर्न सघाउ पुर्याउने छ । प्रशस्त धनार्जन गर्ने अवसर आउने छ र परोपकारी काममा धन लगानी हुने सम्भावना छ । मुद्दामामिला र सरकारी काममा फाइदा लिन सकिने छ ।

शुभरङ्ग : गाढा हरियो

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने

के नगर्ने : साथीभाइको बेवास्ता

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

महत्वपूर्ण कार्य सम्पन्न हुने समय छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक जीवनमा हर्षको वातावरण सिर्जना हुनेछ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । मिठो भोजनको अनुकूलता मिल्नेछ ।

शुभरङ्ग : सेतो वा उज्यालो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी

के नगर्ने : बोलीवचनमा कडापन

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । प्रतिष्ठा बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा हात हाल्ने समय छ । बन्दव्यापारबाट पनि राम्रो लाभ लिन सकिने छ ।

शुभरङ्ग : हलुका रातो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : गणेश

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : मन उत्ताउलो नबनाउने

के नगर्ने : हतारमा निर्णय

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बाह्रौं घरमा चन्द्रमा रहेकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, बन्दव्यापारमा तनाव हुनसक्छ । अझ श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा लाभ हुनेछैन । दैनिकीमा खर्च बढ्ने छ । दिक्क र झर्कोलाग्दो यात्राको योग छ, तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । घरमा परपाहुनाको चाप बढ्नसक्छ ।

शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : कालभैरव

अशुभ रङ्ग : हरियो÷चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी

के नगर्ने : याचकको अपमान

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । प्रेमी÷प्रेमिकाको मिलन हुनसक्छ । सरकार पक्ष वा सामाजिक कामबाट फाइदा लिन सकिने छ ।

शुभरङ्ग : सेतो वा सुन्तले

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवजी

अशुभ रङ्ग : घिउरङ्ग÷बैजनी

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने

के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

कर्मक्षेत्रमा चन्द्रमा भएपनि समय अनुकूल छैन, तर मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । अचल सम्पत्तिको कारोबार गर्दा सामान्य रूपमा फाइदा लिन सकिने छ । बन्दव्यापारका क्षेत्रमा झिनामसिना समस्या देखिन सक्छन् । घरायसी समस्यामा समय व्यतीत हुनसक्छ । कडा मिहिनेत र परिश्रमका कारण गुमेको प्रतिष्ठा प्राप्ति हुने सम्भावना छ । मनोरञ्जन वा खेलवाडबाट टाढा रहनु पर्छ । सामाजिक कार्यभार बहन गर्नु पर्नेछ । खानपानको समयमा तलबितल पर्नसक्छ । जग्गाजमिनको कारोबारबाट सानोतिनो फाइदा नै हुनेछ । नयाँ कारोबारमा लगानी बढाउन अनुकूल समय छैन ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : भोलेशङ्कर

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने

के नगर्ने : उदासीनता÷नैराश्यता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

पारिवारिक समस्याहरू हल हुनेछन् । आँटेका कामहरू पनि सजिलै बन्नेछन् । समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आँटेका काम पनि सजिलै बन्नेछन् ।  भाग्योन्नतिको समय छ ।

शुभरङ्ग : बैजनी वा पहेंलो

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : विष्णु

अशुभ रङ्ग : चम्किलो÷उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : कुलधर्म र परम्पराको अनुसरण

के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेतता अपनाउनु बेस हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ ।

शुभरङ्ग : ध्वाँसे

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : सङ्कटा देवी

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : नैराश्यभाव त्याग गर्ने

के नगर्ने : तीव्रगति र हडबड

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)
पुर्बेलीन्युजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*