हेटौंडामा एमालेको शक्ति प्रदर्शन, मोटरसाइकल र्यालीसहितको जनसभा
हेटौंडा । नेकपा (एमाले)ले आज हेटौंडामा सक्ति प्रदर्शन गरेको छ । मकवानपुरको दश वटै स्थानीय तहबाट आएका नेकपा एमालेका कार्यकर्ताहरुले आज हेटौंडामा मोटरसाइकल र्याली गरेर जनसभा कार्यक्रम समेत गरेका छन् ।
विघटित प्रतिनिधिसभा पुनःस्थापना र जेनजी आन्दोलनका क्रममा भएको तोडफोडमा संलग्नहरूलाई कारबाहीको माग गर्दै एमालेले आज हेटौंडामा प्रदर्शन गरेको हो।

हेटौंडामा उत्तरी क्षेत्रका एमालेका कार्यकर्ता मोटरसाइकलमा सामरी पुलबाट, दक्षिण क्षेत्रका एमालेका नेता कार्यकर्ताहरु हेटौंडाको कर्रापुल तर्फबाट, पूर्व क्षेत्रका नेता कार्यकर्ताहरु फुर्केचौर क्षेत्रबाट र पस्चिम क्षेत्रका एमालेका नेता कार्यकर्ताहरु रापती पुल हुँदै हेटौंडाको मुख्य बजारमा मोटरसाइकल र्याली सहित प्रवेश गरेका एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले बताउनुभयो । ठुलो सख्यामा नेता र कार्यकर्ताहरु मोटरसाइकल र्यालीमा सहभागि भएको उहाँले बताउनुभयो ।
र्यालीपछी हेटौंडाको हुप्राचौरमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय नेता डाक्टर राजन भटराइले राष्ट्रियताको रक्षाका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो। देशको राष्ट्रियतासँगै लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो। उहाँहरुले राष्ट्रियताका रक्षाका लागि सबै एकताबद्ध हुनुपर्ने भन्दै देशको राष्ट्रियता, लोकतन्त्र र संविधान जनताले जोगाउन सक्ने बताउनुभयो। जनता नै सर्वपरि शक्ति भएको उहाँको भनाइ छ।

जेनजी आन्दोलनकै कारण पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ भने प्रतिनिधि सधा विघटन गरिएको छ।
फागुन २१ गते प्रतिनिधि सभा चुनावको घोषणा गरिएको छ। तर, एमालेले भने प्रतिनिधि सभा विघटनको विरोध गर्दै त्यसलाई पुनर्स्थापना गर्नुपर्ने जिकिर गरिरहेको छ।
फागुनमा घोषणा गर्ने चुनावमा समेत भाग नलिने बताइरहेको एमालेले सडक आन्दोलनबाटै प्रतिनिधि सभा पुनर्स्थापित गर्न बाध्य पार्ने दाबी गरिरहेको छ।






