अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आधिकारिक रुपमा मिति घोषणा गर्न बाँकी रहेपनि टाइम्स अफ ओमानले सेप्टेम्बर १३ देखि सिरिज सुरु हुने जनाएको छ ।
यस्तै सेप्टेम्बर २५ देखि अक्टोबर २ सम्म ओमान, स्कटल्याण्ड र पपुवा न्यु गिनी बीचको लिग २ सिरिज हुने पनि टाइम्प अफ ओमानले उल्लेख गरेको छ ।
ओमान क्रिकेटका चिफ डेपलपमेन्ट अफिसरले सेप्टेम्बर अक्टोबरमा गरेर लिग २ का दुई सिरिज हुने जनाएको टाइम्स अफ ओमानले जनाएको छ ।
नेपालले २०२० फेब्रुअरीमा घरेलु मैदानमा ओमान र अमेरिका सहितको सिरिज खेलेको थियो । त्यसयता लिग २ मा पहिलो पटक सिरिज खेल्न लागेको हो ।
नेपालको ४ खेलबाट ४ अंक छ । ओमान १० खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ । नेपालले सिरिजका लागि तयारी सुरु गरिसकेको छ।






