पुरुषमा यौन चाहनामा कसरी बृद्धि गर्ने

म अहिले ३१ वर्षको भएँ । मेरो विवाह २२ वर्षको हुँदा भएको हो । पहिले ममा प्रशस्त नै यौनचाहना थियो, आजभोलि निकै कम छ । मेरी श्रीमती धेरै चाहना गर्छिन् तर मलाई एकदमै कम चाहना हुन्छ त्यसैले धेरै चिन्ता लाग्छ । जब म सम्भोग गर्न थाल्छु, २र३ पटकमै स्खलन भैहाल्छ । म अहिले वैदेशिक रोजगारमा छु । हस्तमैथुन गर्दा पनि चाँडै स्खलन हुन्छ । म के गरूँ रु पहिले स्प्रे प्रयोग गरेको थिएँ । कतै त्यसको साइड इफेक्ट त होइन अनि नेपालमा यौन रोगको उपचार कहाँ गर्दा राम्रो होला ?
यौन चाहनामा कमी र श्रीमतीको बढी यौन चाहना
तपाईंले विवाह गर्दाको उमेर २२ वर्षको तुलनामा ३१ वर्षमा केही भए पनि यौनेच्छामा कमी त आउँछ नै । धेरै जसो व्यक्तिले सामान्यतया हप्तामा यस्तै २ देखि ५ पटक यौनसम्पर्क राख्छन् । विवाहको तुरुन्तै पछि जोडिले अलि बढी यौन सम्पर्क राख्छन् । नियमित यौन साथी वा विवाह गरेर सँगै बस्न थालेका जोडीले भने दिनहुँ मात्र होइन एकै दिनमा केही पटक यौनसम्पर्क राखेको पाइन्छ । तपाईले विवाह गरेको कति भयो खुलाउनुभएको छैन । सामान्यतः विवाह गरेको पहिलो वा दोस्रो वर्षसम्म एक दिनमा ९२४ घण्टा० एकपल्ट यौनसम्पर्क हुने गरेको बताइन्छ । त्यसपछि भने यो क्रम हप्तामा २ देखि ३ पटकमा झर्छ अनि वयस्क जीवनको लामो समय सम्म रहन्छ । विस्तारै प्रौढ अवस्थामा पुगेपछि भने त्यसमा कमी आउँछ ।
यौन क्रियाकलापमा राम्रोसँग र निरन्तर रुपमा संलग्न हुन एकातिर यौनेच्छा हुनुपर्छ भने अर्कातिर मानसिक एवं शारीरिक दुवै रूपमा व्यक्ति यौन सम्पर्कका लागि तयार हुनुपर्छ । शारीरिक कारणको कुरा गर्दा यौन सम्पर्क राख्दा पीडा हुने, कुनै रोगव्याधि वा दीर्घरोगको असर वा थकान यसका उदाहरण हुन् । मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित तुल्याउने गरी भएको चोटफटक वा रोग, रक्तनसा वा रत्त प्रणालीमा भएको खराबीले लिङ्ग उक्तेजित नहुने समस्या सिर्जना गर्न सक्छ जसले यौनत्रियाकलापमा नकारात्मक असर पर्छ । एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाईने कतिपय औषधी पनि यसको कारण हुन सक्छ । त्यसैगरी मानसिक कारणले पनि यौन क्रियाकलापमा संलग्नता घटाउन सक्छ । तनाव, चिन्ता, ग्लानी, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, जोडीसँगको सम्बन्धमा भएको एकनासेपनबाट दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भन्ने चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोग यसका उदाहरण हुन् । यसका साथै तपाई र श्रीमान्को सम्बन्ध तनावपूर्ण भएको स्थितीमा पनि यौन चाहनामा नकारात्मक असर पर्छ । तपाईं अहिले वैदेशिक रोजगारीमा हुनुभएको हुनाले कतिपय स्थिति फरक होलान् तर तपाईंले आफ्नो परिस्थितीको सन्दर्भमा कुन कारण होला भनेर विचार गर्न सक्नुहुन्छ र त्यसलाई न्यूनिकरण गर्न सक्नुहुन्छ ।
हामी सबैलाई थाहा भएकै कुरा हो कि सबै व्यक्तिमा एकनासको यौनेच्छा हुँदैन कसैमा बढी हुन्छ भने कसैमा कम । त्यसैगरी कुनै एउटा व्यक्तिमा पनि सधैं एकनासको यौनेच्छा हुँदैन । तपाईंले आफ्नी श्रीमतीको उमेर लेख्नुभएको छैन । उहाँको उमेर कम छ अर्थात् तरुणावस्थामै हुनुहुन्छ भने तपाईंको तुलनामा उहाँमा अलि बढी नै यौनेच्छा हुनसक्छ । तपाईंहरूबीच तालमेल मात्र नमिलेको हुनसक्छ । तपाईंको मनमा श्रीमतीलाई यौन सुख दिन सक्दिनँ कि पीर भयो भने समस्या अझ बल्झिन्छ ।
शीघ्र वीर्य स्खलनको समस्या र स्प्रेको प्रयोग
शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा राम्रो गर्न नसक्नु एउटा गम्भीर चिन्ताको कारण हुनसक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट तुल्याउन सक्दिनँ कि भन्ने चिन्ता ९उझचायचबलअभ बलहष्भतथ० ले समस्यालाई थप बढाउँछ । विरलै भएपनि केही उकथअजयतचयउष्अ मचगन कतै यस्तो समस्याको कारण त होईन भनेर केलाउन पनि विर्सनु हुँदैन । यो समस्यालाई आफैंले कम गर्न सकिने केही उपाय छन् । ती हुन्, १। यौनसम्पर्क रोक्ने– शुरु गर्ने, २। आसन परिवर्तन गर्ने। ३। लिंग अँठ्याउने र स्खलन हुन नदिने, ४। कन्डमको प्रयोग गर्ने, ५ पिसाब रोक्ने मांशपेशीको प्रयोग गर्ने ६। छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरूको प्रयोग गर्ने ७। वीर्य स्खलन नियन्त्रणको अभ्यास गर्ने ।
तपाईंले स्प्रेको प्रयोग यही प्रयोजनका लागि गर्नु भएको हुनुपर्छ । अध्ययनहरूले यौन सम्पर्कको समयलाई यस्तै ६ गुणासम्म बढाएको देखिएको छ, जुन तपाईंको जस्तो समस्या भएको व्यक्तिका लागि लाभदायक नै हुन्छ । प्रयोगकर्ताहरूले वीर्य स्खलनमा आफ्नो नियन्त्रण बढेको र यौन सन्तुष्टि पाएको कुरा उल्लेख गरेका छन् । नकारात्मक असरको कुरा गर्दा कुनै गम्भीर किसिमको असर भएको देखिएन । देखिएका नकारात्मक असरको कुरा गर्दा केही व्यक्तिलाई यौनाङ्गमा रातोपन देखिने, लिङ्गको उत्तेजना हराउने अनि यौनसाथीको यौनाङ्ग पोल्ने जस्तो समस्या भएको देखियो । हस्तमैथुन गर्दा चाँडो वीर्यस्खलनसम्म पुग्नुको मुख्य कारण चाँहि तपाईंले कसरी आफुलाई चरमसुखको बिन्दुसम्म पुर्याउने भन्ने कुरा सिकिसक्नु भएको र त्यसको उपयोग गर्नु भएकाले हुनुपर्छ ।
समाधान के त ?
वैदेशिक रोजगारवाट घर आएका बेला अन्य तनाव–झन्झट आदिबाट मुक्त भएर सम्पूर्ण समय श्रीमतीलाई दिनुपर्छ भने यौन सम्पर्कका लागि पर्याप्त समय खर्च गर्नुपर्छ । तपाईलाई थाहै होला, महिलाको सबैभन्दा बढी यौन सम्वेदनशील अङ्ग भगांकुरको घर्षणका लागि लिङ्ग–योनि यौन सम्पर्क भन्दा तपाइको औंला वा जीब्रो प्रभावकारी हुनसक्छ । श्रीमतीको यौनेच्छा शान्त पार्न वा भनौं उहाँलाई यौन चरमसुख दिन समर्पित भएर यौन क्रियाकलापमा संलग्न हुनुभए श्रीमतीको यौन चाहना शान्त त हुन्छ नै, तपाईंलाई पनि श्रीमतीको यौनेच्छा शान्त पार्न सकिन भन्ने पीर हुँदैन ।
यौनसम्पर्कको माध्यमवाट सर्ने रोगलाई यौन रोग वा संक्रमण भनिन्छ र नेपालका प्रायः सबैजसो अस्पतालमा त्यसको उपचार हुन्छ । यौनरोगको शंका छ भने चर्म तथा यौनरोग विशेषज्ञसँग सल्लाह लिनु बेस होला ।
साप्ताहिकबाट साभार