मकवानपुरमा ट्रक पल्टिँदा चालक घाइते
हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङस्थित त्रिभुवन राजपथमा ट्रक दुर्घटना भएको छ।
काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ख १७५० नम्बरको ट्रकको अगाडिको दाहिने पट्टा भाँचिएपछि ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको हो।
दुर्घटनाका क्रममा ट्रक चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–२ मौवाखोलाका अन्दाजी २७ वर्षीय धुर्व घलेले ट्रकबाट हाम फाल्दा दाहिने खुट्टाको पौतालामा सामान्य चोट लागेको छ। घाइते चालकलाई उपचारका लागि पालुङ अस्पताल पठाइएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरबाट प्रहरी टोली खटिएको छ।






