सेल्फी लिनेक्रममा तीन जनालाई रेलले कुल्च्यो
भारतको हरियाणा राज्यको पानीपतमा रेलको लिगमा उभिएर सेल्फी लिँदै गरेका तीनजना किशोरलाई रेलले कुल्चिएको छ ।
प्रहरीका अनुसार चौथो युवकको भने ज्यान जोगिएको छ ।
प्रत्यक्षदर्शी एम एस डबासले चारैजना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेको र त्यहीबेला रेलले उनीहरुमध्ये तीन जनालाई कुल्चिएको जानकारी दिए । ती युवा एउटा बैबाहिक कार्यक्रममा सहभागी हुन पानीपत आइपुगेका थिए । ज्यान गुमाएका मध्ये दुई जना १९ वर्षका र एक जना १८ वर्षका थिए ।
गएको वर्ष अखिल भारतीय आयुर्विज्ञान संस्थानले गरेको एक अध्ययनमा सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिनेक्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख छ ।