श्री स्वस्थानी व्रत प्रारम्भ : स्वस्थानी व्रत कथाको पहिलो अंक (सुन्नुहोला)

जनपत्र
१५ माघ २०७७, बिहीबार ०५:५६

आजकै दिनबाट माघमहात्मे अन्तर्गत “श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ भएको छ ।आराध्य देव भगवान शिवजीको महिमा अनि दैवीक क्रियाकलापका वरपर घुमेको यस पुराणको श्रृंखलाहरु पौष शुक्ल पूर्णिमाका दिनबाट हिन्दु परिवारहरुमा साँझ या विहान चोखो नितो भएर, नगं अनि केश काटेर परिवारका सबै सदस्यहरु एकै ठाँउमा भेलाभएर भक्तिपूर्ण रुपमा हरेक दिन एक वा एक भन्दा बढि कथाका अध्यायहरू क्रमशः सुनाउने चलन छ ।

प्रसादकारुपमा चिनी, सख्खर, पोलेको सख्खर खण्ड, पोलेको आलु, सुन्तलाका केस्राहरु आदि रहन्छन्, वालवालिकाको विशेष रुची भने प्रसाद केन्द्रित हुन्छ, हामीमध्य धेरैले सानो छँदा यो कथा सुनाँउदा र पढ्दाका अनुभवहरु लिएका छौं, कि कसो रु यदी स्वास्थानी कथाको अनुभव छैन भने यो महिना यहाँकोलागि फलदायी हुनसक्छ । पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ ।

https://www.youtube.com/watch?v=U9P7MQklM4s&feature=emb_title

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*