दलाई लामा अस्पताल भर्ना

जनपत्र
२७ चैत्र २०७५, बुधबार १६:०५

भारतमा निर्वासनमा रहनु भएका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको म्याक्स अस्पतालमा भर्ना हुनु भएको छ  ।

उहाँको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने लामाका नजिकैका नातेदारले बताउनुभएको छ ।

उहाँलाई केही दिनमा नै अस्पतालबाट घर लैजाने लामाका निजी प्रवक्ता तेन्जिन ताक्लाले एएफपी समाचार समितिलाई बताउनुभएको छ । ८३ वर्षीय दलाई लामालाई छातीमा सङ्क्रमण भएको तर हालको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

प्रवक्ता ताक्लाका अनुसार दलाई लामालाई स्वास्थ्यमा केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् हिमाञ्चल राज्यको धर्मशालाबाट दिल्ली ल्याइएको थियो ।

दलाई लामा नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत व्यक्तित्व समेत हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*