प्रियंका चोपडा भन्छिन् ‘म एक खराब पत्नी हूँ’

जनपत्र
७ चैत्र २०७५, बिहीबार १५:४५

अमेरिकनको च्याट शो ‘द व्यू’ मा अभिनेत्री प्रियंका चोपडाले आफ्ना व्यक्तिगत जीवन बारेमा कुराकानी गरेकी छिन् । उनले आफू पति निक जोनसका लागि एक उत्कृष्ट पत्नी हुन नसकेको बताएकी छिन् ।

प्रियंकाले भनिन् ‘म एकदमै खराब पत्नी हुँ । किनकी मलाई खाना पकाउन आउँदैन । निक दक्षिण अमेरिकाको परिवारका हुन्, जहाँ घरका महिलाहरुलाई स्वादिष्ट खाना बनाउन आउँछ । निककी आमा पनि खाना बनाउन सिपालु हुनुहुन्छ । तर मलाई केबल अण्डा र टोस्ट बनाउन मात्रै आउँछ ।’

शो मा प्रियंकाले उनी र निक जोनसबीचको प्रेम, विवाह र जोनस ब्रदर्सको सुपरहिट एल्बम ‘सकर’ मा काम गर्दाको अनुभवका बारेमा पनि कुराकानी गरेकी थिइन् । प्रियंकाले कार्यक्रममा भनेकी थिइन ‘जब मैले आफूलाई खाना बनाउन आउँदैन भनेर निकलाई भने तब उनले जवाफमा भनेका थिए ‘केही छैन प्रिय, मलाई पनि खाना बनाउन आउँदैन ।’

प्रियंकाले च्याट शो को एक तस्विर उनको इन्स्टाग्राममा सेयर गरेकी छिन् । प्रियंका चोपडा छिट्टै नै यूट्युब च्यानलमा एक विशेष शो लिएर आउँदैछिन् । शोको नाम ‘इफ आइ कुड टेल यू जस्ट वान थिङ्ग’ रहेको छ । यस शोको समय तथा अन्य जानकारी मार्च २७ मा खुलासा गरिनेछ ।

स्रोत : Ujjyalo

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*