मकवानपुरमा पोथी चितुवा मृत फेला

जनपत्र
२१ माघ २०८२, मंगलवार ०९:१६

हेटौंडा । मकवानपुरमा एक चितुवा मृत फेला परेको छ । थाहा नगरपालिका–९ चित्लाङको महालक्ष्मी खोला किनारमा पोथी चितुवा मृत फेला परेको हो ।

इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार मृत चितुवा ३९ केजी तौलको छ । एक सय ७० सेन्टिमिटर लामो सो चितुवा करिब ४ वर्षको भएको अनुमान गरिएको छ ।

मुखबाट रगत बगेको अवस्थामा भेटिएको चितुवाको मृत्युको कारण खुलेको छैन ।

सो चितुवालाई मार्गिन सामुदायिक वन उपभोक्ता समूह, स्थानीय जनप्रतिनिधि लगायतको रोहवरमा चित्लाङस्थित गोदाम चौरमा व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*