बागमती प्रदेशमा प्रवेश गरेको सलह नियन्त्रणका लागि काम सुरु भइसक्यो–सचिव कार्की
हेटौंडा । बागमती प्रदेशका विभिन्न जिल्लामा देखापरेको सलह किरा नियन्त्रणका लागि बागमती प्रदेश सरकारले काम सुरु गरेको छ । प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाको अध्यक्षतामा समितिनै वनाएर काम सुरु गरिएको हो । ‘शनिबारमात्रै प्रदेशका ७ जिल्लामा सलह प्रवेश गरेको छ । क्षतिको बारेमा आंकलन गरिएको छैन् ।
नियन्त्रणमा प्रदेश अघि बढिसकेको छ । सलह नियन्त्रणको लागि मन्त्रालयले गृहकार्य सुरु गरिसकेको छ । कृषि विज्ञहरूका अनुसार नियन्त्रण गर्न चुनौतीपूर्ण रहेको सलहका कारण भोकमरी समेत आउन सक्नेछ । हावाको दिशा अनुसार उड्ने सहललाई ठूलो आवाज बजाएर र धुवाँ पारेर उडाउन सकिने विज्ञहरुले बताएका छन् । रातको समय र चिसोमा उड्न नसक्ने सलह नियन्त्रणको लागि विशादीको विकल्प अन्तिम उपाय भएको बताइन्छ ।
बागमती प्रदेशका ७ जिल्लामा प्रवेश गरेको सलह नियन्त्रणको लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आइतबार आकस्मिक बैठक बोलााएर दिनभर छलफल गरेको छ । जिल्लामा रहेका विज्ञ केन्द्रहरुलाई पनि निर्देशन दिएर काम सुरु गर्न लागिएको वताइएको छ । मन्त्रालयले सलह नियन्त्रणका लागि अर्थमन्त्रालयसंग रकम माग गरिसकेको छ । यही अनुसार काम गर्ने तयारी समेत गरिएको छ । यसै सेरोफेरोमा रहेर जनपत्रका प्रधान सम्पादक हरि हुमागाईले बागमती प्रदेशको भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर योगेन्द्र कुमार कार्की संग कुराकानी गर्नुभएको छ ।