सर्वोकृष्ट खेलाडीलाई ग्लोबल आईएमईको पुरस्कार
ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघद्वारा आयोजित स्पोर्ट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कारको प्रायोजन गरेको छ । पुरुषतर्फ सर्वोकृष्ट भएका प्याराग्लाइडिङका विमल अधिकारी र महिलातर्फ सर्वोकृष्ट भएकी तेक्वान्दोकी निमा गुरुङलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले संघले मंगलवार आयोजना गरेको अवार्ड कार्यक्रममा जनही रू। १ लाखको चेक हस्तान्तरण गरेका थिए ।






