मध्यपूर्वबाट फिर्ता नभए पश्चिमा सैनिक खतरामा पर्न सक्छन् : इरानी राष्ट्रपति

इरानी राष्ट्रपति हसन रौहानीले मध्यपूर्वमा रहेका पश्चिमा सैनिकहरु फिर्ता नभए उनीहरु खतरामा पर्ने चेतावनी दिएका छन्। उनले आफ्ना सैनिक फिर्ता लैजान पश्चिमा मुलुकलाई आग्रह गर्दै त्यस्तो चेतावनी दिएका हुन्। ‘आज अमेरिकी सैनिक खतरामा छन्, भोलि युरोपेली सैनिक पनि खतरामा पर्न सक्छन्,’ एक टेलिभिजन सन्देशमा उनले भने।
अमेरिकासँग तनाव बढिरहेका बेला युरोपेली मुलुकलक्षित गर्दै रौहानीको यस्तो भनाइ आएको हो। बेलायत, फ्रान्स र जर्मनीले आणविक सम्झौताको सीमालाई उल्लंघन गरेको भन्दै तेहरानलाई चुनौती दिएको भोलिपल्ट रौहानीको यस्तो भनाई आएको हो। सन् २०१५ मा इरान र ६ वटा विश्वशक्ति मुलुकबीच आणविक सम्झौता भएको थियो।