हेटौंडाको सहयोगपछी भावुक वने धुर्मुस सुन्तली (भिडियो सहित)

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले धुर्मुश सन्तुली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि ३० लाख रुपैयाँ सहयोग गरकम आज एक समारोहका विच हस्तान्तरण गरेको छ । हिजो मात्र घोषणा गरेको तीस लाख रुपैयाँको चेक आज हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तीलालार्ई हस्तान्तरण गर्नुभयो ।
प्रदेश ३ सरकारले पनि रैगशाला निर्माणका लागि रकम सहयोग गरेको छैन । पहिलो पटक सरकारी रकम प्राप्त गरेकोमा भावुक हुँदै सिताराम कट्टेलले भन्नुभयो–‘धेरै आश्वासन आएका छन् । तर, पनि सहयोग भने आएमो छैन । सरकारी सहयोग रकम हस्तान्तरण गर्ने पहिलो सरकारी निकाय हेटौंडा उपमहानगरपालिका हो । अहिले काम सुरुवातको समयमा धेरैले विश्वास पनि नगरेका होलान तर, काम देखिएपछी धेरैले सहयोग पनि गर्नुहोला अहिले गरेको सहयोग महत्वपूर्ण हुने छ ।’
फाउन्डेशनका उपाध्यक्ष कुन्जना घिमिरे सरकारी तर्फको पहिलो रकम घोषणा गरेको दोस्रो दिनमानै हस्तान्तरण गरेकोमा निकै खुसी संगै भावुक समेत वन्नुभयो । उहाँले भन्नुभयो–‘जनताले तिरेको करको रकम स्थानीय सरकारले सहयोग गरेकोमा हामी निकै खुसी छौ । सरकारी वजेट तर्फबाट सहयोग संगै व्यक्ति र संघसंस्थाको सहयोगबाटनै हामिले यो काम सुरु गरेका हौं । पहिले धेरै जना हेर्न आएर यो काम कसरी संभव होला भन्नेहुरुलाई हामिले प्रमाणित गरेर देखाउँदै छौ । विशेषत धुर्मुसको अथक प्रयासबाट यो संभव भएको हो । म पनि धेरै चिन्तीत हुन्छु तर, उहाँको प्रयाशबाट काम गरिरहेका छौ । रंगशाला निर्माणमा दिनहुँ तीन सय जना कामदार काम गरिरहेका छन् ।
https://www.youtube.com/watch?v=O8Wq_cvcOvI